काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि सुरु भएको छ ।
ओमनमा हुने आइीसिसी पुरुष टि–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले यसअघि ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको थियो ।
जसअनुसार नेपाली टोलीको प्रशिक्षण कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुुरु भएको हो । त्रिवि मैदानमा पहिलो दिन १४ खेलाडी सहभागी थिए । पहिलो दिन टोली फिटनेश परीक्षण गर्नुको साथै सामान्य अभ्यास गरेको थियो ।
आइतबार राति मात्र होटल पुगेका ६ जना खेलाडीको पिसिआर परीक्षणको रिपोर्ट नआएका कारण होटलमै छन् ।
कप्तान सन्दीप लामिछाने भने बिग व्यास लिगको लागि अष्ट्रेलियामामा छन् । बाँकी नौ खेलाडीको पनि पिसिआर परीक्षणको तयारीमा रहेको क्यानले जनाएको छ ।
बन्द प्रशिक्षणमा परेका खेलाडीमा कप्तान लामिछानेसहित ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, शरद भेषवाकर, करण केसी, सोमपाल कामी, आरिफ शेख, विनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, आसिफ शेख र कमल सिंह ऐरी रहेका छन् ।
त्यसैगरी शाहब आलम, सन्दीप जोरा, अविनाश बोहरा, सुशन भारी, पवन सर्राफ, विक्रम सोब, भीम सार्की, रोहितकुमार पौडेल, प्रदीप ऐरी, गुलशन झा, नन्दन यादव, जीतेन्द्रकुमार मुखिया, विवेक यादव, सौरभ खनाल, राजेश पुलामी, किशोर महतो, सागर ढकाल र हरिशङ्कर साह छन् ।
Related News
सम्बन्धित समाचार
टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शनिबारदेखि
पट्नेरीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउन सिफारिस
प्रतिभाले जित्यो एक्सपर्ट पोखरा कप क्रिकेटको उपाधि
पोखरा कप क्रिकेट : मदरल्यान्ड र कास्की मोर्डनाइज विजयी
पोखरा कप विद्यालयस्तरीय क्रिकेटमा सगरमाथा र अंमरसिंहको जित
hero news full width
मुख्य समाचार
बुढ्यौलीमा भेडीगोठ मोह
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१