नेकपा एमाले पोखरा २४ बाट विवेक सर्वसम्मत

आदर्श समाज सम्वाददाता
पौष १९, २०७८
Bibek tripathi

पोखरा । नेकपा एमालेको १० औं जिल्ला अधिवेशनका लागि पोखरा २४ का युवा विवेक त्रिपाठी सर्वसम्मत चयन भएका छन् । उनले विद्यार्थी राजनीतिमा उमेर हद कायम हुनुपर्ने भन्दै यस अघि नै विद्यार्थी राजनीतिबाट बिदा लिएका थिए । त्रिपाठी जिल्लाको महत्वपूर्ण पदमा उम्मेदवार दिने बताएका छन् । नवौं अधिवेशनमा उनी कास्कीका कान्छा प्रतिनिधि बनेका थिए । आगामी पुस २३ गते एमाले कास्कीको अधिवेशन हुँदै छ ।
त्रिपाठी भन्छन्,‘पछिल्लो समय राजनीतिमा देखिएको चरम गुटबन्दीको सिकार युवा पुस्ता हुनु हुँदैन ।’

Related News

सम्बन्धित समाचार

hero news full width