बृहत् सत्संग समारोह

आदर्श समाज सम्वाददाता
पौष १८, २०७८

पोखरा । अद्वैत संस्था माटेपानी पोखरा–१२ मा भक्तिमती सत्यदेवी आचार्यको आयोजनामा २५ औं राष्ट्रव्यापी बृहत् सत्संग समारोह (ज्ञानमहायज्ञ) भएको छ । संस्थाका केन्द्रीय सभापति अनन्तलाल चुके ‘सरस्वती’ ले दीप प्रज्वलन गरी ज्ञानमहायज्ञ शुभारम्भ गरेका हुन् ।
ब्रम्हज्ञानी गुरुदेव डा. क्षितीशचन्द्र चक्रवर्तीद्वारा रचित नेपाली वेद अवधूत गीता वाचन गर्दै भने ‘म हुँ प्रकृतिदेखि पनि सूक्ष्म । त्यसकारण प्रकृतिको कार्यरुप सार असार पदार्थदेखि रहित र आनन्दरुप, म हुँ विकल्प रहित, क्षे रहित । म हुँ निरयव सारा देवताहरु मेरो पूजा गर्दछन् । तिनीहरु म देखि भिन्न होइनन् । अद्वैत अनुभवको बीज हो अद्वैत वासनारुप परमेश्वरको प्रसाद ।’

सत्यवती आचार्यको अध्यक्षतामा प्रचण्ड ब्रम्हज्ञानी गुरुदेवद्वारा रचित नेपाली वेद अवधूत गीता गीतामृत आदिको अनन्तलाल सरस्वती, क्या. धनप्रसाद गुरुङ, अद्वैत विदुषी, गंगादेवी चुके, दिलबहादुर अधिकारी, पं. दामोदर गौतम, खिलप्रसाद लामिछाने, वेणिबहादुर थापा, रुद्रप्रसाद भण्डारी, रणबहादुर थापा, विनोद लामा, पं. ठानप्रसाद काफ्ले, पं. चतुर्भूज पौडेल, पं. बलराम आचार्य, सत्यदेवी आचार्य, रामप्रसाद बतास, हरिचन्द्र पोखरेल, शिवकुमारी गुरुङ, बन्दना पहारी, पं. नन्दप्रसाद न्यौपाने, टेकनाथ पौडेल, गोविन्द गिरी, पार्वती वास्तोला, मित्रलाल पहारी, विष्णु थापा, देवी गौतम, गोमा सुवेदी आदिले पाठपाराण गरेका थिए ।
सोमबार संस्था माटेपानी पोखरा–१२ मा क्या. लालप्रसाद गुरुङद्वारा आयोजित २६ औं राष्ट्रव्यापी बृहत् सत्संग समारोह (ज्ञानमहायज्ञ) हुनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width