हेमजा रेडक्रसमा नेत्रपाणि

आदर्श समाज सम्वाददाता
पौष १८, २०७८
hemja redcross~2

हेमजा । नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखाको १८ औं साधारणसभा तथा ८ औं अधिवेशनले नेत्रपाणि भण्डारीलाई सभापति चयन गरेको छ । उपसभापति टेकमाया आचार्य, सचिव रमा त्रिपाठी, कोषाध्यक्ष आरती अधिकारी, उपसचिव कृष्णबहादुर थापा, उपकोषाध्यक्ष रीता कार्की कुँवर चयन भए । सदस्यहरु सुशीला पौडेल, मीनबहादुर पराजुली, पूर्णभद्र तिम्सिना, जयराम तिम्सिना र श्यामबहादुर कुँवर छन् ।
नेपाल रेडक्रस सोसाइटी कास्की सदस्य रमा कोइराला मतदान अधिकृत तथा कर्मचारी गणेश कोइराला र बबिन नेपाली सदस्य रहेको निर्वाचन मण्डलले सर्वसम्मत समिति चयन गरेको हो ।
कार्यक्रममा वडाध्यक्ष शोभाकर तिम्सिना, कास्की उपकोषाध्यक्ष कृष्णप्रसाद पौडेल, नीलकण्ठ पौडेल, रामचन्द्र सुवेदी र मोतिलाल तिम्सिनाले पछिल्लो पटक कोरोना महामारी नियन्त्रणमा उपशाखाको भूमिका सराहनीय रहेको बताए । कोरोना नियन्त्रणका लागि गठित समितिका संयोजक मोतिलाल तिम्सिना, सहसंयोजक कृष्णप्रसाद पौडेल, सचिव चिरञ्जीवी अधिकारी, कोषाध्यक्ष रमा त्रिपाठी, सदस्यहरु मीनबहादुर पराजुली, विजय पौडेल, सल्लाहकार कमलजंग कुँवर तथा उपशाखाका गतिविधिमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै तीर्थराज देवकोटा, ज्येष्ठ आजीवन सदस्य पूर्णभद्र तिम्सिना, धनमाया सापकोटालाई सम्मान गरिएको थियो ।
कार्यक्रमबीच सचिव तिलकप्रसाद तिम्सिनाद्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन एवं कोषाध्यक्ष टेकमाया आचार्यले प्रस्तुत गरेको वार्षिक आर्थिक प्रतिवेदन छलफलसहित अनुमोदन भयो ।
उपशाखा सभापति पूर्णलाल भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा रमा त्रिपाठीले ७ सिद्घान्त वाचन, सहसचिव मीनबहादुर पराजुलीले स्वागत तथा सचिव तिलकप्रसाद तिम्सिनाले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width