बिरुवा पोखरा सम्पर्क समिति गठन

आदर्श समाज सम्वाददाता
पौष १८, २०७८
Biruwa NC Photo

पोखरा । नेपाली कांग्रेस बिरुवा गाउँपालिका पोखरा सम्पर्क समिति गठन भएको छ । प्रकाशचन्द्र वाग्लेको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरिएको हो ।
समिति उपाध्यक्षमा टोपबहादुर थापा, सचिव गणेशमान गुरुङ, सहसचिव महेन्द्रबहादुर थापा र कोषाध्यक्ष देवेन्द्र केसी छन् । सदस्यमा राधिका पौडेल वाग्ले, सन्तोष कोइराला, सूर्य पोख्रेल, प्रदीप कोइराला, बाबुराम पोख्रेल, सुमन थापा, रमेश केसी, तुलबहादुर गुरुङ, भीमनारायण काफ्ले, कृष्णकुमारी पोख्रेल र सचिना बस्याल रहेका छन् ।
अध्यक्षमा निर्वाचित युवा व्यवसायी प्रकाशचन्द्र वाग्लेले सबै बिरुवा गाउँपालिकाका नेपाली कांग्रेसका साथीलाई एकताबद्ध गरी पार्टी बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘लोकतान्त्रिक गणतन्त्र ल्याउन हामीले रगत पसिना बगाएका छौं । पार्टीभित्र बाहिर बसेर कांग्रेस र लोकतन्त्रको खिलापमा काम गर्नेलाई छाड्दैनौं । लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा हामी जुट्छौं ।’
कांग्रेसका अग्रज नेता शोभाकान्त वाग्लेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सदस्यद्वय चन्द्रकान्त पोख्रेल र कृष्ण बसेलले पोखरामा विभिन्न पेसा व्यवसायमा आवद्ध कांग्रेसका नेता कार्यकर्ता एकीकृत गर्नु आवश्यक रहेको बताए । बिरुवा गाउँपालिकाका सभापति डोलराज पोख्रलले भेलाको संयोजन गरेका थिए ।
कार्यक्रममा नेविसंघ पृथ्वीनारायण क्याम्पसका पूर्व सभापति दीपक शर्मा वाग्ले, प्रदेश सचिव नवराज वाग्ले, प्रदेश प्रतिनिधि विनोद केसी लगायतले पोखरामा रहेका प्रजातान्त्रिक विचारधारा मन पराउने बिरुवावासी एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width