८४ वर्षीय पौडेल टोल विकासका अध्यक्ष

आदर्श समाज सम्वाददाता
पौष १८, २०७८
84 Years News Photo

पोखरा । पोेखरा–१७ तल्लो बिरौटा नमूना टोल विकास संस्थाको दशौं साधारण सभा तथा सातौं अधिवेशनबाट ८४ वर्षीय झम्कनाथ पौडेल (ओमशान्ती) सर्वसम्मत अध्यक्ष चयन भएका छन् ।
अध्यक्ष भगवती बरालको अध्यक्षतामा भएका अधिवेशनका सम्पूर्ण सदस्यहरुले पौडेलको कामकाज र समाजप्रति पु¥याएको योगदानको कदर तथा धार्मिक दृष्टिकोणले समेत उपयुक्त पात्र भएको भन्दै २ वर्षका लागि अध्यक्ष चयन गरेको हो ।
संस्थाका उपाध्यक्ष श्रीबहादुर रानाभाट, सचिव चन्द्रकुमार वाग्ले, कोषाध्यक्ष देवीकुमारी बराल छन् । सदस्यहरु सुशीला अधिकारी, रुक्मणि रेग्मी अर्याल, पार्वती आचार्य, कर्णबहादुर राना, विजया बराल, मन्जु खत्री, गोपाल मल्ल र आमन्त्रित सदस्यमा अफिजन अन्सरी र धनुमाया पौडेलक्षेत्री छन् । सल्लाहकारहरु चन्द्रकान्त बराल, नरेन्द्रराज बराल, अर्जुन पोख्रेल, भेषराज बराल, ज्ञाज शर्मा वाग्ले, कविराज आचार्य, वद्रीनाथ पहारी, भरतमणि बराल, निर्मलराज बराल, सूर्यप्रसाद बराल, दिवाकर पौडेल, दाताराम आचार्य र निवर्तमान अध्यक्ष भगवती बराल चयन भए ।

Related News

सम्बन्धित समाचार

hero news full width