प्रदेश निर्माण व्यवसायी संघमा टंकराज

आदर्श समाज सम्वाददाता
पौष १८, २०७८
nirman

पोखरा । गण्डकी प्रदेश निर्माण व्यवसायी संघको प्रारम्भिक साधारण सभा एवं अधिवेशनले कास्कीका टंकराज बरालको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ ।
समितिको उपाध्यक्षत्रय बाबुराम श्रेष्ठ (गोरखा), युवराज राजभण्डारी (बागलुङ) र रत्नकुमार श्रेष्ठ (तनहुँ) छन् । महासचिव कृष्णप्रसाद लम्साल (कास्की) सचिवद्व दामोदर घिमिरे (कास्की) र प्रेम अर्याल (नवलपुर), कोषाध्यक्ष दीपेन्द्र आचार्य (कास्की) र सहकोषाध्यक्ष हलिम मिया (स्याङ्जा) निर्वाचित भएका छन् ।
सदस्यहरु कविता श्रेष्ठ, विश्वराज खनाल,भीम राना,सूर्यनाराण बराल, जगतबहादुर थापा, दलबहादुर राना, ऋषि गौतम, प्रकाश बानिया, दीपक थापा, रोशन केसी, सन्तबहादुर नेपाली छन् । प्रदेशभित्रका जिल्लाका अध्यक्षहरु पदेन सदस्य रहने व्यवस्था छ ।
निर्माण व्यवसायी संघ नेपालका केन्द्रीय अध्यक्ष रवि सिंहले अधिवेशनको उद्घाटन गर्दै राज्यले तत्काल सार्वजनिक खरिद ऐन संशोधन गर्नुपर्ने आवश्यकता औंल्याए । व्यवसायीबीचको बढ्दो अस्वस्थ प्रतिस्पर्धाका कारण निर्माणको काम समयमा सम्पन्न नहुने र अलपत्र हुने गरेको बताउँदै उनले कर्तव्य पूरा गरेर अधिकार खोज्न व्यवसायीलाई सचेत हुन आग्रह गरे ।
संघका केन्द्रीय उपाध्यक्षद्वय एडि लामा, राजेन्द्र पहारी, महासचिव रोशन दाहाल र संघका मानार्थ सदस्य शिवशंकर गौतमले हक अधिकारका लागि व्यवसायीहरु संगठित भएर अघि बढ्नुपर्नेमा जोड दिँदै तोकिएको समयसँगै गुणस्तरीय निर्माणमा जोड दिनुपर्ने बताए ।
संघका अध्यक्ष ओमप्रसाद गौचनको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश सचिव रश्मि आचार्य, नेपाली कांग्रेसका नारायण श्रेष्ठ, गण्डकी उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जिवबहादुर कोइराला, निर्वाचन संयोजक अधिवक्ता हरि सुवेदी, इमनाथ खनाल, नवलपुर जिल्ला अध्यक्ष गौमाया खण्डलु, नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी समितिका केन्द्रीय अध्यक्ष हुमनाथ कोइराला, नेपाल निर्माण उद्योग परिषद्का अध्यक्ष खोपनिधि लोहनीलगायतले निर्माण कार्यमा सबैको साथ र सहयोग आवश्यक रहने विश्वास व्यक्त गरे ।
प्रदेशभरका २ सय ५३ जना निर्माण व्यवसायी सहभागी रहेको ता रहेको सो अधिवेशनमा वार्षिक २ खर्ब रकम बराबरका विभिन्न भौतिक निर्माणका काम गर्दै आएको संघका निवर्तमान सचिव कृष्णप्रसाद पोखरेलले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width