महानगर कावा प्रमुख–फ्रान्सेली राजदूत भेट

आदर्श समाज सम्वाददाता
पौष १५, २०७८
metro

पोखरा । पोखरा महानगरपालिकाका कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङ र नेपालका लागि फ्रान्सेली राजदूत गिल्स बौरबाओबीच बुधबार भेटवार्ता भएको छ । भेटमा दुवैबीच पोखराको पर्यटन प्रवद्र्धनका लागि आपसी सहयोग र सहकार्य अभिवृद्धिबारे छलफल भयो ।
महानगर कावा प्रमुख गुरुङले पोखराको आर्थिक समृद्धिको आधार पर्यटन रहेको र पर्यटनलाई प्राथमिकतामा राखेर अगाडि बढेको जनाइन् । ‘पोखराको आर्थिक विकासको आधार पर्यटन हो,’ उनले भनिन्,‘पोखरालाई पर्यटकीय हबका रुपमा विकास गर्ने लक्ष्यका साथ अगाडि बढेका छौ । यहाँको पर्यटनको विकासमा सहकार्य गरेर जान चाहन्छौं ।’
यसैबीच, फ्रान्सेली राजदूत बौबाओले पर्वतीय पर्यटन लगायत पोखराको विविध पक्षको विकासमा सहकार्य गरेर जान तयार रहेको बताए । नेपालको पर्यटन विकासका लागि फ्रान्स सधैं सकारात्मक रहेको उल्लेख गर्दै फ्रान्सेली पर्यटकले नेपालको साहसिक पर्यटन, पदमार्ग तथा यहाँको प्राकृतिक सुन्दरता मन पराउने बताए । यसका लागि पोखरा र फ्रान्सका सहरहरुबीच गभिनी सम्बन्ध कायम गरेर सहकार्य गर्ने उनले बताए ।
भेटमा महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले नेपाल र फ्रान्सबीचको सम्बन्ध प्रगाढ र पुरानो रहेको बताउँदै आगमी दिनमा थप मजबुत हुने विश्वास ब्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width