मन्त्रीले गरे ट्रक व्यवसायीको सराहना

आदर्श समाज सम्वाददाता
पौष १५, २०७८
Truck News

पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले ट्रक व्यवसायीहरुको सेवाको प्रशंसा गरेका छन् ।
गण्डकी ट्रक यातायात व्यवसायी संघको वार्षिक साधारण सभा तथा ४१ औं वार्षिकोत्सव समारोहमा उनले सरकारले तोकेको भन्दा कम दरमा सामान ढुवानी गरेर ट्रक व्यवसायीहरुले सेवा पुर्‍याएकोमा प्रशंसा गरेका हुन् । मन्त्री खड्काले व्यवसायीको हितमा सरकारले गर्नुपर्ने नीतिगत सुधारका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, महासचिव राजेन्द्रकुमार बानिया, ५ नं. संयोजक यम पाण्डे, संस्थापक अध्यक्ष तेज नारायण तिमिल्सिना, सल्लाहकार टेकबहादुर भुजेल लगायतले बोलेका थिए । साथै महासचिव रामचन्द्र सुवेदीले वार्षिक प्रतिवेदन प्रस्तुत गरे ।
समारोहमा संस्थामा दीर्घ सेवा पुर्‍याएका तेजेन्द्र तुलाचन, उत्कृष्ट व्यवसायी देवबहादुर ज्वारचन, उत्कृष्ट चालक ओमबहादुर पराजुली, कार्यालय सहायक कृष्ण सुवेदीसहित ३ जना उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष रवीन्द्र गिरीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष विकास थापाले स्वागत तथा महासचिव रामचन्द्र सुवेदीले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width