पोखरा । सोनाम ल्होसार अवसरमा बैदाम तामाङ समाज पोखराले मिस तामाङ पोखरा गर्ने भएको छ । छैटौं संस्करणको प्रतियोगिताको लागि शनिबारदेखि सहभागीलाई तालिम सुरुआत भयो ।
उद्घाटन समारोहमा गण्डकी प्रदेशसभा सदस्य धनमाया तामाङले कुनै पनि समुदायको भाषा, भेषभूषा संस्कृति नै सो जातिको पहिचान भएको बताइन् । उनले यस्तोखालको सिर्जनात्मक कार्यले कला संस्कृतिको जगेर्नामा गर्न टेवा पुग्ने बताइन् । आयोजक तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले मौलिक भाषा, संस्कार र संस्कृतिलाई युवा पुस्तामा हस्तान्तरण गर्न कार्यक्रमलाई निरन्तरता दिन लागेको बताए ।
कार्यक्रममा तामाङ बौद्ध सेवा समिति अध्यक्ष विष्णु तामाङ, वडा प्रहरी कार्यलय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक चिनीमाया तामाङ, गिनिज बुक रेकर्ड होल्डर नवल पन्जियार, आरजे होल्डिङ रियल स्टेटका प्रबन्ध निर्देशक राजु केसी, बैदाम तामाङ सेवा समाजका डोल्मा लामा, राम लामा, रेडियो अन्नपूर्णका स्टेसन म्यानेजर सञ्जयकुमार मल्ल लगायतले बोलेका थिए ।
पहिलो दिन लेक सिटी कलेजका सहायक क्याम्पस प्रमुख उपेन्द्र पौडेलले प्रशिक्षण दिएका थिए । ४५ दिनसम्म चल्ने प्रशिक्षणमा तामाङ जातिको भाषा, संस्कृति, रहनसहन तथा परम्पराका साथै व्यक्तित्व विकास र नेतृत्व विकासका तालिम प्रदान गरिने कार्यक्रमका संयोजक नीमा तामाङले बताइन् ।
प्रतियोगितामा पोखरा औद्योगिक क्षेत्रका अल्जिना तामाङ, सिम्पानीका सन्जु तामाङ, नीरा तामाङ, रत्नचोकका रेखा तामाङ, रानीपौवाका पूजा लामा, भेडिफारामका मान्सी तामाङ, हेमजाका जीया तामाङ, रिठेपानीका पेमा तामाङ र लेकसाइडका आशिका तामाङ सहभागी छन् । माघ १५ मा पोखरा सभागृहमा हुने ग्रान्ड फिनालेमा विजेतालाई १ लाख नगदसहित ताज पहिर्याइनेछ । साथै म्युजिक भिडियो अवसर तथा आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ । फस्ट रनर अपले ५० हजार, सेकेन्ड रनर अपले ३० हजार रुपैयाँ हात पार्ने छन् । भ्युअर्स च्वाइसमा पर्नेलाई २० हजार पुरस्कार दिइने जयन्ती मोक्तानले बताइन् । यसअघि नीमा लामा, दीप्ति गोम्जा, कविता योञ्जन, कुसुम स्याङ्वो तामाङ र शशिकला तामाङ विजेता हुन् ।
Related News
सम्बन्धित समाचार
२८ वैशाखदेखि फिल्म ‘खजुरे ब्रो’
स्मृतिहरु नै बेचिन थालेपछि…
‘मनसरा’ बाट आशावादी मिरुना
पाइन खबर साँझमा हरिदेवीका गीत
अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१