बागलुङमा कसैकाे आएन ५१ प्रतिशत, सभापतिका लागि जगदीश र जीतबहादुरबीच पुन प्रतिस्पर्धा हुने

आदर्श समाज सम्वाददाता
मंसिर १२, २०७८
baglung congress

पोखरा । नेपाली कांग्रेसकाे महाधिवेशन अन्तगर्त बागलुङ सभापतिका लागि भएको निर्वाचनमा ३ मध्ये कुनै पनि उम्मेेदवारले ५१ प्रतिशत नल्याएपछि पुन मतदान हुनेभएको छ ।

७ सय ९० मत ल्याएका जगदीशचन्द्र उपाध्याय र ६ सय ८६ मत ल्याएका जीतबहादुर शेरचनबीच निर्वाचन हुने निर्वाचन अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । भापतिका लागि अर्का उम्मेदवार द्राेण कुँवरले १ सय ८६ मत ल्याए ।

उपाध्याय र शेरचनबीच १ सय ४ मतको फरक छ ।

बागलुङ बजारको ब्राउन आइज रेस्ट्रोमा शनिबार दिउसोदेखि  सुरु भएकाे मतदान साँझ अबेर सकिएको थियो । स

१ हजार ७ सय ८० मतदाता रहेको बागलुङमा १ हजार ६ सय ८८ मत खसेको थियो । ४५ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

अन्य पदाधिकारी र सदस्यको भने मत गणना भएको छैन । सभापतिको पुनः मत गणनापछि मात्रै एकै साथ मत गणना गर्ने निर्वाचन अधिकृत शर्माले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै