कास्कीकोट युवा सञ्जालको वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
कार्तिक २२, २०७८
kaskikot youth club newss

पोखरा । सामाजिक सञ्जाल फेसबुकबाट सुरु भएको हाम्रो कास्कीकोट युवा सञ्जालले विविधन कार्यक्रम गरी ५ औं वार्षिकोत्सव मनाएकोे छ । कोरोना कहरमा डाक्टरसँग साक्षात्कार कार्यक्रमा आबद्ध भएका डाक्टरहरुलाई कार्यक्रमबीच सम्मान गरिएको छ ।
कार्यक्रमबीच सञ्जालले आफ्ना आजीवन सदस्यहरुलाई सदस्यता प्रमाणपत्र तथा कास्कीकोटको पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउने उद्देश्यले निर्मार्ण गरिएको कास्कीकोट कि रिङ सार्वजनिक गरेको सञ्जालका संयोजक शीतल गिरीले जानकारी दिए ।
सञ्जालले आपत्मा परेका कास्कीकोटप्रेमीलाई सहयोग गर्न सञ्चालन गरेको दिनको १ रुपैयाँ अभियानका सहयोगदातालाई सम्मान गरिएको सञ्जालका प्राविधिक संयोजक अर्जुन अधिकारीले बताए ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर २४ का अध्क्षय ओमप्रसाद सुवेदीले सञ्जालले अब कास्कीकोटको आर्थिक विकासमा ध्यान दिन आग्रह गर्दै सञ्जालका कामहरु अनुकरणीय रहेको उल्लेख गरे ।
कार्यक्रममा सञ्जालका सह संयोजक अनीता दाहाल सामाजिक व्यक्तित्व शिव सुवेदी, डा. असीम सुवेदी, पदम बस्ताकोटी, प्रभात त्रिपाठी, रेशम गिरी, संस्थाका संस्थापक संयोजक चन्द्रेश्वर बस्ताकोटी, निवर्तमान संयोजक हेम सुवेदी लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width