एमाले पोखरा महानगर कमिटीमा न्यौपाने सर्वसम्मत

आदर्श समाज सम्वाददाता
कार्तिक ११, २०७८
dilip neupane

पोखरा, ११ कात्तिक । नेकपा (एमाले) पोखरा महानगर कमिटी अध्यक्षमा दिलीप न्यौपाने चयन भएका छन् । लामो समयको रस्साकस्सीपछि न्यौपाने बिहीबार अध्यक्षमा सर्वसम्मत भएका हुन् । नेतृत्वका लागि बुधबार ५ जनाको उम्मेदवारी परेको थियो । नेताहरुबीच छलफलपछि न्यौपानेलाई सर्वसम्मत अध्यक्ष दिइएको हो । लामो समयदेखि विद्यार्थी राजनीतिमा रहेर काम गरेका उनी यसअघि एमाले नगर कमिटी सचिव थिए ।

अध्यक्षका लागि उनीसहित दीपक पौडेल, तेजनारायण अधिकारी, धनबहादुर नेपाली र हरिप्रसाद त्रिपाठीबीच प्रतिस्पर्धा थियो ।

यस्तै, सचिवमा जीवन आचार्य सर्वसम्मत भएका छन् । गोकर्ण अधिकारीले उम्मेदवारी फिर्ता लिएका हुन् । अन्य पदमा सहमति प्रयास जारी छ ।

Related News

सम्बन्धित समाचार

hero news full width