पोखरा स्टिल फेब्रिकेटर्समा विश्व

आदर्श समाज सम्वाददाता
कार्तिक ८, २०७८
steel~

पोखरा । पोखरा स्टिल फेब्रिकेटर्स एसोसिएसन कास्की अध्यक्षमा विश्वप्रसाद कर्माचार्य निर्वाचित भएका छन् । संस्थाको १४ औं अधिवेशन एवं २१ औं साधारण सभाबाट कर्माचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।
कार्यसमिति प्रथम उपाध्यक्षमा बासुदेव पौडेल, द्वितीय उपाध्यक्ष विष्णु आचार्य बास्तोला, महासचिव भीमप्रसाद आचार्य, कोषाध्यक्ष शालिकराम बास्तोला र सचिव टंक चापागाईं एवं सहकोषाध्यक्ष किरण अधिकारी चयन भए । समितिको सदस्यमा शिव गिरी, किशोर रसाइली, विशाल नेपाली, गणेश बास्तोला, ज्ञानेन्द्र अधिकारी र तारा बुढाथोकी चयन भएका छन् ।
कार्यक्रममा गण्डकी प्रदशेका भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्काले स्टील फेब्रिकेटर्सको निर्माण क्षेत्रमा अतुलनीय योगदान रहेको बताए । कार्यक्रममा ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवाल, उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष सञ्जीवबहादुर कोइराला, पोखरा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष गोकर्ण कार्की, ग्रील तथा स्टिल व्यवसायी संघ रुपन्देहीका अध्यक्ष तुलबहादुर सारु, सल्लाहकार दीपेन्द्र बस्ताकोटी लगायतले बोलेका थिए ।
संस्थाका अध्यक्ष ऋषि गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव भीमप्रसाद आचार्यले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width