रुपन्देहीको मोतिपुरमा झडप हुँदा ४ जनाको मृत्यु

आदर्श समाज सम्वाददाता
असाेज २५, २०७८
jhadap

बुटवल । बुटवल–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप हुँदा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा करिब ४८ वर्षीय कपिलवस्तुको वाणगंगा नगरपालिका–४ का रमेश परियार हुन् । उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । अन्य ३ को अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । उनीहरुको सनाखत हुन सकेको छैन । शिक्षण अस्पताल (युसिएमएस) मा अन्य ५ प्रहरी र ४ सर्वसाधारणको उपचार भइरहेको अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरुङले जनाए ।

प्रहरीले अस्थायीरूपमा बनाइएका टहराहरूसमेत भत्काएको छ । झडपमा परी कैयौँ घाइते भएका छन् । सो औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो संख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो तर अतिक्रमित जग्गाबाट स्थानीयवासी हट्न नखोजेपछि प्रहरीले बल प्रयोग गरेका थिए ।

जग्गामा गत चैतमा औद्योगिक क्षेत्रको शिलान्यास गर्दा स्थानीयवासीले विरोध गरेका थिए । करिब २ सय बिघा जग्गा सुकुम्बासीको नाममा कब्जा गर्ने प्रयास भइरहेको थियो । विसं २०७२ चैत १ मा रुपन्देहीको मोतिपुरमा ५ वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width