देशभर ११५७ सङ्क्रमित थपिए

रासस
असाेज १३, २०७८
Corona Banner

काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार १५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले १४ हजार ५ सय ४१ मा कोरोना परीक्षण गर्दा  १ हजार १ सय ५७ मा सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।

थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १८ हजार १ सय ९३ पुगेको छ । उनका अनुसार ५ सय बढी सङ्क्रमित भएका जिल्ला ९ र २ सय बढी सङ्क्रमित भएका जिल्ला १९ छन् ।

सो अवधिमा १ हजार १ सय १३ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुने ७ लाख ६४ हजार ८ सय ४७ छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६.३ प्रतिशत छ । सङ्क्रमणका कारण सो अवधिमा ८ जनाको मृत्यु भएको छ ।

हालसम्म सङ्क्रमणबाट ११ हजार १ सय २३ को मृत्यु भइसकेको छ । हाल देशभर ३ सय ५४ जना सघन उपचार कक्ष (आइसियु), ९९ भेन्टिलेटर, १६ हजार ८ सय ७८ होम आइसोलेशन, १ हजार ३ सय १५ जना संस्थागत आइसोलेशन र २ सय ४४ जना क्वारेन्टिनमा छन् ।

२ लाख ८६ हजार १ सय ४५ ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । हालसम्म नेपालमा ७२ लाख १४ हजार ७४२ ले पहिलो मात्रा र ६२ लाख ३८ हजार एकले पूर्ण मात्राको खोप लगाएका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width