स्पोर्ट्स क्यासल लगातार शीर्षमा

आदर्श समाज सम्वाददाता
असाेज १२, २०७८
Futsal 11 gate Photo

पोखरा  । पोखरामा जारी ‘ए’ डिभिजन फुटसल लिगअन्तर्गत सोमबारको खेलमा फुटसल फाइभ, प्रभातफेरी र स्पोट्र्स क्यासल विजयी भए ।
पहिलो खेलमा फुटसल फाइभ धरानले रुपन्देहीको झरना स्पोर्टस् क्लबलाई ९–५ गोलअन्तरले हरायो । धरानको जीतमा म्यान अफ दि म्याच सन्दीप कार्कीले ४, रञ्जित गुरुङले २ सहित नीरभ खड्का, सुजन खड्का र विश्वजीत राईले १/१ गोलको योगदान दिए । झरना स्पोर्टस्का लागि नारायण खड्काले ह्याट्रिक र गंगा गुरुङले २ गोल गरे पनि हार टार्न सकेनन् । धरान जीतसँगै पाचौं स्थानमा रहेको छ भने झरना लिगको पुछारमा छ ।
दिनको दोस्रो खेलमा काठमाडौंको प्रभातफेरीले रुपन्देहीको लुम्बिनी फुटसल हबलाई ६–१ गोलअन्तरले पराजित गरेको छ । प्रभातफेरीको जीतमा म्यान अफ दि म्याच विशाल सारुमगर, आशीष दंगाल, धीरज जोशी, सृजेश पुरी, सुविल श्रेष्ठ र सन्तलाल गुरुङले १/१ गोलको योगदान दिए । रुपेन बराइलीले लुम्बिनीका लागि सान्त्वता गोल फर्काए । लिगको पाचौं खेलसम्म ३ जीत र २ बराबरीसहित ११ अंकसाथ प्रभातफेरी दोस्रो स्थानमा छ । लुम्बिनी नवौं स्थानमा छ ।
दिनको तेस्रो तथा अन्तिम खेलमा मछिन्द्र स्काई गोल्सलाई ८–३ गोलअन्तरले पराजित गर्दै स्पोर्ट्स क्यासल शीर्ष स्थानमा उक्लिएको छ । स्पोर्ट्स क्यासलको जीतमा खिमराज गुरुङ र सुमित श्रेष्ठले २/२ गोल गरे । दीपेश घले, किशोर गुरुङ, विजय गुरुङ र भीषन गुरुङले १/१ गोलको योगदान दिए । स्काई गोल्सका लागि रोशन अधिकारी र मनोज राईले १/१ गोल फर्काए । स्पोर्ट्सका योगेश गुरुङले आत्मघाती गोल गरे ।
सोमबारको खेलमा जीतसँगै शीर्षस्थानमा उक्लिएको स्पोर्ट्स क्यासलले ५ खेलमा १३ अंक जोडेको छ । स्काई गोल्स ५ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा छ । प्रतियोगितामा स्पोर्ट्स क्यासलका सुरुज गुरुङ म्यान अफ दि म्याच चुनिए ।
१० टिमले भाग लिएको लिग असोज २२ मा सकिने छ । विजेताले १० लाख र उपविजेताले ५ लाख पाउने एन्फाले जनाएको छ । यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट विंगर, डिफेन्डर, प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार प्राप्त गर्न छन् ।

Related News

सम्बन्धित समाचार

  • महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लबले यही २८ वैशाखदेखि प्रथम यु–२३ बास्केटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता…
  • को होला उत्कृष्ट प्रशिक्षक ?

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड–२०८० मा वर्ष उत्कृष्ट प्रशिक्षक को होला भन्ने कौतुहल व्यापक छ । नेपाल खेलकुद पत्रकार…
  • उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा  । आठौँ पोखरा स्पोर्टस् अवार्ड २०८० अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त…
  • भलिबलमा अटल हिमाल

    धनबहादुर गुरुङ वैशाख २३, २०८१
    पोखरा । गण्डकी प्रदेश भलिबल टिममा नम्बर एक जर्सी लगाएर खेल्ने खेलाडीको क्विक स्पाइकबाट धेरै मोहित हुने गर्छन् । चिनेकाले…
  • इन्द्रालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८० मा लाइफटाइम अचिभमेन्ट अवार्ड एथ्लेटिक्सकी इन्द्रा मल्ललाई अर्पण गरिने भएको छ । प्रतिभा…

hero news full width

Recent Posts

भर्खरै