पोखरा । गण्डकी प्रदेशका वन, वातावरण तथा भू–संरक्षण मन्त्री दीपक थापाले प्रदेशका सबै उच्च पहाडी क्षेत्रमा व्यनवसायिक टिमुर खेती बिस्तार गर्नुपर्नेमा जोड दिएका छन् । व्यावसायिक टिमुर खेतीले किसानलाई स्वरोजगार बनाउनुका साथै वैदेशिक मुद्रा आर्जनमा सहयोग पुग्ने उनले बताए ।
स्याङ्जाको पञ्चमुुलमा गरिएको व्यावसायिक टिमुर खेतीको अवलोकनपछि डिभिजन वन कार्यालय र सब डिभिजन वन कार्यालयका अधिकारीहरुसँगको अन्तक्र्रियामा उनले सो कुरा बताएका हुन् । ‘हामीमा अझैसम्म पनि सानो सानो कृषि कर्मबाट मनग्ये आम्दानी हुन्छ भन्ने सोचको विकास हुन सकेको छैन,’ उनले भने, ‘नागरिकहरु टिमुर खेतीलाई सानो कामको रुपमा लिन्छन्, तर यसको व्यावसायिक खेती र निकासीले अर्थतन्त्रको विकासमा योगदान दिइरहेको हुन्छ ।’
पछिल्लो समय गण्डकी प्रदेशका केही किसानमा व्यावसायिक टिम्मुर खेतीप्रति केही आकर्षण बढेको देखिएको भन्दै उनले ११ सय देखि २५ सय मिटरसम्मका सबै भूगोलमा यो खेती गर्न सके वैदेशिक मुद्रा आर्जन पनि हुने उल्लेख गरे ।
डिभिजन वन कार्यालय स्याङ्जाले पञ्चमुलको थाप्ले क्षेत्रमा १० हेक्टर निजी जग्गामा करिब १५ हजार टिमुरका बिरुवा रोपेको छ । कार्यालयका सहायक वन अधिकृत वसन्तकेशव अधिकारीका अनुसार उक्त जग्गामा लगाइएकामध्ये ९५ प्रतिशत बिरुवा राम्रो देखिएका छन् । अबको ३ वर्षपछि ती बिरुवाले उत्पादन दिने उनले जानकारी दिए ।
विज्ञहरुका अनुसार १ हेक्टर जमिनमा करिब २ देखि ४ हजार केजी टिम्मुर फल्छ । नेपालमा यसको बजार मूल्य प्रतिकेजी २ देखि ३ सय रुपैयाँ रहेको छ ।
अन्तक्र्रियाका क्रममा डिभिजन वन कार्यालयका स्याङ्जाका प्रमुख तोयनाथ पौडेलले कार्यालयले जिल्लाका अन्य क्षेत्रमा टिमुर खेतीको लागि सम्भाव्यता अध्ययन गरिरहेको र कार्यालयले सम्पादन गरिरहेका कामहरुको बारेमा जानकारी गराएका थिए ।
Related News
सम्बन्धित समाचार
पशु स्वास्थ्य प्राविधिकलाई अभिमुखीकरण
माझठानाका कृषकलाई तालिम
कास्कीको मादीमा एउटै फार्मका दुई सय ८० बाख्रा मरेपछि…
फेदीखोलाको सर्केटारीमा प्रथम आलु प्रदर्शनी
रैथाने बाली संरक्षण गर्दै कृषि ज्ञान केन्द्र
hero news full width
मुख्य समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१