प्राइम सहकारीको सभा

आदर्श समाज सम्वाददाता
असाेज ११, २०७८
primee

पोखरा । प्राइम सहकारी संस्था लिमिटेडको १२ औं साधारण सभा तथा तेस्रो अधिवेशनको शुभारम्भ समारोहमा आइतबार उत्कृष्ट सेयर सदस्यहरुलाई सम्मान गरिएको छ ।
सहकारीले उत्कृष्ट सञ्चालक सदस्य बाबुलाल पाण्डे, उत्कृष्ट महिला सदस्य विष्णुमाया भाशिमा, उत्कृष्ट बचतकर्ता सदस्य प्रदीप कोइराला, उत्कृष्ट सदस्य विनोद भण्डारीलाई सम्मान गरेको हो । सम्मानित व्यक्तिहरुलाई कार्यक्रमका प्रमुख अतिथि सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशका रजिस्ट्रार उदयबहादुर पराजुली र सहकारीका अध्यक्ष निदेशप्रसाद कोइरालाले दोसल्ला, माला र प्रमाणपत्रले सम्मान गरेका थिए ।
सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशका रजिस्ट्रार उदयबहादुर पराजुलीले सहकारीले क्षेत्रहरु पहिचान गरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताए । गजलकार एवं संस्थाका सल्लाहकार दिलीप श्रेष्ठले प्राइम सहकारी आरोह अवरोहबीच अघि बढेको स्मरण गरे । सहकारीका अध्यक्ष निदेशप्रसाद कोइरालाले सहकारीले नाफामूलक ढंगले मात्र नहेरी सामाजिक उत्तरदायित्वका कामहरु पनि गर्ने गरेको बताए ।
कार्यक्रममा संस्थाका सल्लाहकार उपेन्द्र पौडेल, राष्ट्रिय सहकारी बैंक पोखरा शाखाका प्रमुख नरेश पाण्डे, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पवन प्रजापति लगायतले बालेका थिए । कोरोनाका कारण भौतिक उपस्थितिलाई मध्यनजर गर्दै साधारण सभाअन्र्तगत सेयर सदस्यहरुले सुझाव तथा हस्ताक्षर संकलन संस्थाको लेखनाथ र बगर सेवा केन्द्रसँगै गैह्रापाटनमा समेत असोज १५ गतेसम्म जारी रहने संस्थाका शाखा प्रमुख सुनील थापाले जानकारी दिए ।
सहकारीका अध्यक्ष निदेशप्रसाद कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा कोभिडका कारण निधन भएका संस्थाका सेयर सदस्यहरुको सम्झनामा मौन धारणा गरिएको थियो । कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष शंकर कार्कीले गरेका थिए भने सहकारीको सिद्धान्त संस्थाका व्यवस्थापक निरु थापाले वाचन गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width