रौतहट । सशस्त्र प्रहरीले रौतहटको मौलापुर नगरपालिका–६ पथराबुद्धरामबाट ठूलो परिमाणमा विष्फोटक पदार्थ पटाका बरामद गरेको छ । भारतबाट नेपाल भित्र्याइएको अवस्थामा बेवारिसे अवस्थामा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा बेस सरमुजवाबाट सशस्त्र प्रहरी निरीक्षक भरत गौतमको कमाण्डमा खटिएको टोलीले बरामद गरेको हो ।
बारा–रौतहटको सिमानामा पर्ने अडुवा नदी हुँदै पथराबुद्धरामसम्म पटाका लिएर पुगेका तस्करले सशस्त्र प्रहरीलाई देखेपछि पटाका छाडेर फरार भएको सशस्त्र प्रहरी बल ११ नम्बर गण रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक सूर्यबहादुर सेन ओलीले जानकारी दिनुभयो ।
बरामद भएको पटाका अन्दाजी करीब रु एक लाख ५० हजार मूल्य बराबरको रहेको र त्यसलाई सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा बेस सरमुजवामै खाल्डोमा पुरेर नष्ट गरिएको उहाँले जानकारी दिनुभयो । पटाका तस्करीमा सङ्लग्न रहेका बौद्धीमाई नगरपालिका–७ का गुड्डु भन्ने रहमजान र सोही ठाउँकै अर्का श्रीराम दास फरार भएका छन् । निजहरुको खोजी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेश स्क्वास ¥याकेट संघमा रञ्जित
नवलपुरमा २५ सय हेक्टर वन सखाप
खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी
गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने
टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शनिबारदेखि
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१