गण्डकीमा ३२८ संक्रमित थपिए

आदर्श समाज सम्वाददाता
भाद्र १०, २०७८
Corona Banner

पोखरा । गण्डकी प्रदेशमा ३ सय २८ संक्रमित भएका छन् । प्रदेशमा गण्डकीका १ हजार २ सय ३२ जनामा गरिएको नमुना परीक्षणमा २६.६२ प्रतिशतमा पोजेटिभ रिपोर्ट देखिएको छ ।
सबैभन्दा बढी नवलपुरमा १ सय ३० र कम पर्वतमा १ जना संक्रमित भएका हुन् । कास्कीका ९८, तनहुँका १२, गोरखाका १८, लमजुङका १४, स्याङ्जाका ४७, बागलुङका २ र म्याग्दीका ६ जनाको रिपोर्ट पोजेटिभ आएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
योसँगै प्रदेशमा कोरोनाको सक्रिय संक्रमित ४ हजार ६१ पुगेको छ । बिहीबार ६ सय ५६ जना संक्रमणमुक्त भएसँगै कोरोना निको हुनेको संख्या ७४ हजार ८ सय ९५ भएको छ ।
पछिल्लो २४ घन्टामा २ हजार ५२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७ सय २ पिसिआर परीक्षणमा बिहीबार थप २ हजार ५२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ५४ हजार ९ सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै एन्टिजेन विधिद्वारा गरिएको ४ हजार ६ सय ७२ परीक्षणबाट ३ सय ८१ जनामा पोजेटिभ देखिएको छ । २४ घन्टामा पिसिआर र एन्टिजेन विधिबाट गरिएको १४ हजार ३ सय ७४ परीक्षणमा २ हजार ४ सय ३३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा थप १ हजार ९ सय २९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ७ लाख ५ हजार ८ सय ९३ छ । नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३८ हजार ३ सय ८४ छ ।
९ जनाको मृत्यु
गण्डकीमा थप ९ जनाको कोरोनाबाट मृत्यु भएको छ । कास्कीका ६ सहित तनहुँ, पर्वत र म्याग्दीमा १/१ जनाको ज्यान गएको हो ।
कास्कीको पोखरा महानगरपालिका २६ का ५८ वर्षीय पुरूषको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । पोखरा १६ की ७९ वर्षीया महिलाको संक्रामक तथा सरूवा रोग अस्पतालमा उपचारको क्रममा निधन भएको हो । पोखरा १३ की ४३ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ज्यान गएको हो । पोखरा १४ की ६८ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको हो । पोखरा ३२ की ४२ वर्षीया महिलाको संक्रामक तथा सरूवा रोग अस्पतालमा उपचारको ज्यान गएको हो ।
यसैगरी कास्कीकै पोखरा महानगरपालिका १३ का ९२ वर्षीय पुरूषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । तनहुँको शुक्लागण्डकी नगरपालिका ११ का ३३ वर्षीय पुरूषको गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा निधन भएको छ । पर्वतको मोदी गाउँपालिका ५ की ६६ वर्षीया महिलाको मनिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । म्याग्दीको बेनी नगरपालिका ६ का ८२ वर्षीय पुरूषको होम आइसोलेसनमा मृत्यु भएको हो ।
योसँगै प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ६८ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ६ सय ३८ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width