काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप तीन हजार २७४ मा कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ११ हजार ५६५ पिसिआर परीक्षणमा दुई हजार ४५६ र छ हजार १२४ एन्टिजेन परीक्षणमा ८१८ गरी जम्मा तीन हजार २७४ मा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या सात लाख ३७ हजार २९४ पुगेको छ ।
एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ७६ हजार ८३३ रहेको छ । पछिल्लो समय थप एक हजार ९२९ निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या छ लाख ८७ हजार ६९ पुगेको छ । निको हुने दर ९३ दशमलव दुई प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।
हाल नेपालमा ३६ हजार ५७५ होम आइसोलेसन, तीन हजार २९६ संस्थागत आइसोलेसमा रहेका छन् । त्यसैगरी ७९० जना आइसियु र १९१ भेन्टिलेटरमा उपचाररत छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार ८७१ रहेको छ । हाल क्वारेन्टिनमा रहनेको सङ्ख्या ४१५ रहेको छ ।
थप २७ को मृत्यु
हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ३५४ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप २७ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । यस रोगबाट हुने मृत्यु दर १।५ प्रतिशत रहेको छ ।
त्यसैगरी पछिल्लो समय एक लाख ४४ हजार ५२८ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ ।
Related News
सम्बन्धित समाचार
चेक बाउन्सको समस्याले व्यवसायी र प्रहरीलाई हैरान
मातहतका कार्यालयको दैनिक प्रगति पेस गर्न मुख्यमन्त्री अधिकारीको निर्देशन
नियन्त्रित मुद्रास्फीति, शोधनान्तर र चालुखाता बचतमा
फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु
चुच्चे नक्साको विवादमा तानिएपछि राष्ट्रपतिका आर्थिक विज्ञले दिए राजीनामा
hero news full width
मुख्य समाचार
भाँगो र आलुसँग चामल साटेर गुजारा गर्दै बागलुङको रमुवाका बासिन्दा
७ श्रष्टालाई गण्डकी प्रज्ञा प्रतिष्ठानको सम्मान
वैशाख २९, २०८१‘घरजग्गा खरिदबिक्री नहुँदा अर्थतन्त्र कमजोर’
वैशाख २९, २०८१२२ महिनामा पनि बनेन हरिचोक–याम्दी खण्डको २ किमी सडक
वैशाख २९, २०८१पानीका मुहान सुक्न थालेपछि संरक्षण गरिँदै
वैशाख २९, २०८१राष्ट्रिय माविको दौडमा तेञ्जन र कविता प्रथम
वैशाख २९, २०८१