स्टार्ट अप हबका लागि सहकार्य प्रस्ताव

आदर्श समाज सम्वाददाता
श्रावण १९, २०७८
NYEF Presidtnt Gyapanpatra bujhaudai PIC

पोखरा । नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) पोखराले स्टार्ट अप हबका लागि गण्डकी प्रदेश सरकारसँग सहकार्य गर्ने प्रस्ताव गरेको छ । मञ्च अध्यक्ष सुनिलबहादुर भट्टराईले सरकारका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री बिन्दुकुमार थापालाई भेटेर स्टार्ट अप हबका लागि सहकार्य गर्ने प्रस्ताव गरेका हुन् ।
सरकारले पोखरा १८, सहिदपार्क नजिकै निर्माण गर्न लागेको ‘सूचना तथा प्रविधि पार्क’ (आइटी पार्क) भित्र स्टार्ट अप हब निर्माणका लागि सहकार्य गर्न आफूहरु तयार रहेको भन्दै मन्त्री थापालाई ज्ञापनपत्र बुझाएको भट्टराईले जानकारी दिए ।
नयाँ योजना लिएर कोही उद्योग सञ्चालन गर्न आएमा उसलाई काउन्सिलिङ दिनेदेखि योजना कार्यान्वयन गर्नेसम्म सघाउने, सफल उद्योगीसँग अन्तक्रिया गराएर थप प्रेरित गर्ने, लगानी नभएकालाई लगानीकर्ता भेटाइदिने लगायत काम स्टार्ट अप हबमा गरिने अध्यक्ष भट्टराईले बताए ।
सो अवसरमा मन्त्री थापाले प्रस्ताव सकारात्मक रहेकाले सरकार सहकार्यका लागि तयार रहेको आश्वासन दिए ।

Related News

सम्बन्धित समाचार

  • विद्युतीय सवारीसाधनमा आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    गण्डकी । प्रदेश राजधानी पोखरासहित गण्डकीका सहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो छ । यातायात व्यवसायीले सार्वजनिक सेवाका लागि पनि…
  • पोखरामा ‘विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा देखापरेका प्रवृत्तिहरू’ सम्मेलन   

    आदर्श समाज सम्वाददाता फागुन ११, २०८०
    गण्डकी ।  वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पस र गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानद्वारा संयुक्त रूपमा आयोजित दुईदिने ‘विज्ञान,…
  • साइबर अपराधविरुद्ध सचेतना

    आदर्श समाज सम्वाददाता माघ ८, २०८०
    पोखरा । नेपाल दशनामी युवा समिति गण्डकी प्रदेशको आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा सचेतना कार्यक्रम गरिएको छ ।…
  • टिकटक बन्द गरे/नगरेकाबारे जवाफ दिन निर्देशन   

    आदर्श समाज सम्वाददाता मंसिर १३, २०८०
    काठमाडौ‌ं ।  नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे/नगरेका विषयमा २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ…
  • साइबर सुरक्षासम्बन्धी कार्यशाला

    आदर्श समाज सम्वाददाता मंसिर ६, २०८०
    पोखरा । पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रद्वारा आयोजित एवं युरोपियन इजुकेशन एण्ड कल्चर एक्ज्यूकिटिभ एजेन्सीको आर्थिक सहयोगमा पोखरामा साइबर सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय…

hero news full width