पोखरा । गैर आवासीय नेपाली संघ (एनआरएनए) हङकङले कास्कीको माछापुच्छ्रे २ स्थित सार्दिखोला स्वास्थ्य चौकीलाई २ थान अक्सिजन कन्सन्ट्रेटर उपलव्ध गराएको छ । एनआरएनएले कोभिड–१९ रोकथाम, व्यवस्थापन तथा बिरामीको सहज उपचारका लागि १० लिटर क्षमताको कन्सन्ट्रेटर सहयोग गरेको हो ।
एनआरएनए हङकङका अध्यक्ष राधिका गुरुङ (टीका) को विशेष पहलमा माछापुच्छ्रे गाउँपालिकाका लागि प्राप्त अक्सिजन कन्सन्ट्रटेर सार्दिखोला स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष समेत रहेका वडाध्यक्ष विक्रम गुरुङलाई हस्तान्तरण गरिएको हो ।
सार्दिखोला स्वास्थ्य चौकीमा १० शैश्याको आइसोलेसन सेन्टर निर्माण गरेर कोरोनाका बिरामीको प्राथमिक उपचार हुँदै आएको छ ।
स्वास्थ्य चौकी इन्चार्ज अनिता घिमिरेले आइसोलेसनमा भर्ना भएका ३० जनामध्ये ६ जनालाई पोखरा रेफर गरिएको र बाँकी निको भएर घर फर्किएको बताइन् । उनका अनुसार आइसोलेसनमा २ संक्रमित महिलाको सुरक्षित प्रसूति गराइएको थियो । सो वडामा हालसम्म २ सय २ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गर्दै समाजसेवी नन्दकुमारी गुरुङले कोरोनाको अहिलेको महामारी नियन्त्रणमा आफ्नोतर्फबाट केही सहयोग पुगोस् भनेर एनआरएनएका अध्यक्ष गुरुङले आफ्नो जन्म ठाउँका लागि सो सहयोग सामग्री पठाएको जानकारी दिइन् ।
गाउँपालिका अध्यक्ष कर्ण गुरुङले मानवको विकासक्रम र अस्तित्वमाथि चुनौती बनेर आएको कोरोना भाइरससँग जुध्न सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।
एनआएरएनले केही दिनअघि देशका सातै प्रदेशमा गरी ५० थान अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाएकोमा गण्डकीमा १५ थान रहेको छ ।
Related News
सम्बन्धित समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
मानव सेवा अश्रममा खाना खुवाइयो
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१