कालिका मन्दिरमा डस्टबिन

आदर्श समाज सम्वाददाता
असार २७, २०७८
dustbin~tanahu

दमौली । लियो क्लब अफ तनहुँ दमौलीले व्यास ४ स्थित कालिका मन्दिर परिसरमा डस्बिन राखेको छ ।
व्यास नगरपालिकाको सहयोगमा क्लबले शनिबार एक कार्यक्रम गरी १० वटा डस्बिन राखेको हो । कार्यक्रममा बोल्दै व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले सामाजिक कार्यमा युवाको सक्रियता रहनु राम्रो रहेको बताए ।
कालिका मन्दिर परिचित रहेकाले फोहोर मैला व्यवस्थापनको लागि स्ट्यान्ट सहितको डस्बीन राखिएको क्लब अध्यक्ष सुनिल मिश्रले जानकारी दिए । सोही दिन मन्दिर परिसरमा सरसफाइसमेत गरिएको थियो । क्लबले केही डस्बीन व्यास ३ स्थित अनसन चौतारीमा पनि राखेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width