४ जिल्लामा सञ्चार सेवा अवरुद्ध

आदर्श समाज सम्वाददाता
असार २५, २०७८
Nepal Telecom

बागलुङ । पहिरोबाट फाइवरको तार चुडिँदा साविकको धवलागिरि अञ्चलका ४ जिल्लामा सञ्चार सेवा अवरुद्ध भएको छ ।
नेपाल टेलिकमको पोखरादेखि बागलुङ ल्याइएको फाइवरको तार पर्वतको कुश्मा नगरपालिका–७ चुवामा पहिरोले चुडाइदिएको हो । तार चुडिँदा बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा सञ्चारसेवा अवरुद्ध भएको छ । बुधबार रातिदेखि नै फाइवरमा समस्या आएपछि खोजी गर्दा तार चुडिएको भेटिएको नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माले बताए ।
इन्टरनेट र टेलिफोन सेवा नचलेका कारण बिहानको समयमा मात्रै खुल्ने बैंक तथा वित्तीय संस्था प्रभावित भएका छन् । असार मसान्तको बेला भएकाले भुक्तानीका काम रोकिँदा सरकारी कार्यालयमा समेत समस्या भएको छ । निजी कम्पनीका इन्टरनेट सेवा प्रदायकको इन्टरनेटसमेत चलेको छैन । एनसेएलको मोबाइल र डाटाले भने काम गरिरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width