दमौली । व्यास नगरपालिकाको ३५ औं नगरसभाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । गत असार १० मा नगर प्रमुख वैकुण्ठ न्यौपाने र उपप्रमुख मीरा जोशीले नगर सभामा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेकोमा सोबारे आवश्यक छलफलपछि परिमार्जनसहित पारित गरिएको हो ।
नगरपालिकाले १ अर्ब ७७ करोड ८९ लाख १२ हजार रुपैयाँको बजेट आगामी आर्थिक वर्षमा कार्यान्वयन गर्ने भएको छ । नगरले कुल बजेटमध्ये चालुतर्फ ५७.८३ र पुँजीगततर्फ ४२.१७ प्रतिशत बजेट विनियोजन गरेको छ । बुधबार नगरसभापछि पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख न्यौपानेले स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार लगायतलाई प्राथमिकतामा राखेर बजेट पारित गरिएको जानकारी दिए ।
नगरपालिकाले नगरस्तरीय अस्पताल निर्माणमा १ करोड, समता विद्यालय सञ्चालनमा १ करोड, कोभिड–१९ नियन्त्रणमा १ करोड २५ लाख बजेट विनियोजन गरेको न्यौपानेले बताए । नारेश्वरताल, मानुङकोट पूर्वाधार विकास, मादी ताल परियोजना, १ सय ८ फिटको व्यासमूर्ति निर्माणका लागि समेत बजेट विनियोजन गरिएको नगर प्रमुख न्यौपानेले बताए ।
नगरपालिकाका अनुसार कुल बजेटमध्ये आर्थिक विकासतर्फ १० करोड ११ लाख ९६ हजार, सामाजिक विकासमा ९३ करोड १७ लाख ७५ हजार, पूर्वाधार विकासमा ४५ करोड ३८ लाख २५ हजार, वातावरण तथा विपद् व्यवस्थापनमा ४ करोड ६६ लाख ५० हजार, संस्थागत विकास सेवा प्रवाह र सुशासनमा २ करोड ५४ लाख ६६ हजार विनियोजन गरिएको छ ।
कुल विनियोजित बजेटमध्ये चालुतर्फ १ अर्ब २ करोड ८७ लाख १२ हजार र पुँजीगततर्फ ७५ करोड २ लाख विनियोजन गरिएको छ । उक्त बजेटमध्ये संघ सरकारबाट सशर्त अनुदान बापत ५६ करोड १७ लाख, संघ सरकारको सामाजिक सुरक्षा अनुदानवापत २१ करोड, आन्तरिक स्रोतको आयबाट २० करोड ५० लाख, संघ सरकारको वित्तीय समानीकरण अनुदान १९ करोड ७६ लाख, सञ्चित कोष अल्याबाट १५ करोड ३७ लाख १२ हजार, संघ सरकारको राजस्व बाँडफाँडबाट १२ करोड ९८ लाख ५१ हजार, राजस्व बाँडफाँडअन्तर्गत मालपोत रजिष्ट्रेसनबाट १० करोड आम्दानी हुने अनुमान छ । नगरसभाले विनियोजन विधेयक, आर्थिक विधेयक, पुरातात्विक, ऐतिहासिक स्थलको संरक्षण गर्न बनेको विधेयक, कर्मचारी समायोजन ऐन पारित गरेको छ ।
त्यस्तै, नगर विकास कोष ऋणबाट १० करोड, प्रदेश वित्तीय समानीकरण अनुदानबाट २ करोड ४४ लाख ७८, प्रदेश सरकारको राजस्व बाँडफाँडबाट १ करोड ७४ लाख ७५ हजार, गाउँ नगर साझेदारी कोषबाट १ करोड ६५ लाख, संघ विशेष अनुदानबाट १ करोड ३७ लाख, प्रदेशको विशेष अनुदानबाट १ करोड, प्रदेशको सशर्त अनुदानबाट १ करोड आम्दानी हुने अनुमान छ ।
पत्रकार आचार्य सम्मानित
व्यास पत्रकारिता पुरस्कारबाट पत्रकार महासंघ तनहँुका निवर्तमान अध्यक्ष ओमकार आचार्य सम्मानित भएका छन् । समाचार माध्यमबाट नगरको विकासमा योगदान पु¥याएकोमा उनलाई सम्मान गरिएको हो । उनलाई १० हजारसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । उनी मादीसेती प्रवाहका सम्पादक र मादीसेती एफएमका स्टेसन म्यानेजर पनि हुन् ।
Related News
सम्बन्धित समाचार
अधिकारी सरकारको वैधताको टुंगो आज !
डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छः मुख्यमन्त्री
नवलपुरमा २५ सय हेक्टर वन सखाप
गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने
अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !
hero news full width
मुख्य समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१