जातीय भेदभावविरुद्ध कानुनी सचेतना

आदर्श समाज सम्वाददाता
असार २३, २०७८
CDB

पोखरा । दलित महिला संघ जिल्ला शाखा कास्कीको आयोजना तथा पोखरा ३ को आर्थिक सहयोगमा जातीय भेदभाव तथा छुवाछुतविरुद्ध कानुनी सचेतना अभिमुखीकरण गरिएको छ । संविधान सभा सदस्य कृष्णकुमारी परियारले कार्यक्रम उद्घाटन गरेकी थिइन् ।
कार्यक्रम उद्घाटनपछि संविधान सभा सदस्य कृष्णकुमारी परियारले २१ औं शताब्दीमा पनि जातका आधारमा, जन्मका आधारमा मानिसले मानिसमाथि जातीय विभेद र छुवाछुत हुनु दुखद भएको बताइन् । संविधान सभामार्फत बनाएको नेपालको संविधानमा धारा १८ मा समानताको हक, धारा २४ मा छुवाछुत विरुद्धको हक, र धारा ४० मा दलितको हकको व्यवस्था गरिएको उनले उल्लेख गरिन् । उनले भनिन्,‘संविधानमा व्यवस्था भएको कुरा अक्षरश कार्यान्वयनको पाटोमा अघि नबढेसम्म जातीय भेदभाव तथा छुवाछुतको अन्त्य हुन सक्दैन ।’
संघका अध्यक्ष गायकले दलित महिला संघले आफ्नो स्थापनाकालदेखि नै दलित महिलाको आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक सशक्तीकण गर्दै आइरहेको बताइन् ।
महिला संघ जिल्ला शाखा कास्की अध्यक्ष सुमित्रा गायकको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा ३ का सचिव चन्द्रावती वाग्ले, वडा सदस्य सबि परियार, लक्ष्मी पराजुली, रवीन्द्र कायस्थ, जितेन्द्र कायस्थ, पूर्व वडाध्यक्ष नारायण उदासलगायतले बोलेका थिए । , संघका कार्यक्रम संयोजकलगायतले बोलेका थिए । संघका कोषाध्यक्ष बिना परियारले सञ्चालन गरेको कार्यक्रममा वडाका ३५ जना सहभागी थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width