लायन्स हेमजाको छात्रवृत्ति

आदर्श समाज सम्वाददाता
असार २०, २०७८
news news newss

पोखरा  । लायन्स क्लब अफ हेमजाले सुइँखेतका अति विपन्न, अशक्त र असहाय परिवारलाई छात्रवृत्ति तथा खाद्यान्न सामग्री सहयोग गरेको छ । साथै क्लबले विष्णुपादुका मावि कक्षा ८ का सतिश मुल्मीलाई छात्रवृत्ति प्रदान गरेको छ । मुल्मीले अघिल्लो वर्ष पनि छात्रवृत्ति पाएका थिए ।
क्लबका वर्ष २०२०÷२१ का अध्यक्ष शिव पौडेलले वर्ष २०२१/२२ का अध्यक्ष प्रकाश पौडेललाई माइन्युट हस्तान्तरण गरे । लायन्स क्लब ३२५ बि १ नेपाल वेलफेयर बैंक चिफ मिलन थापाले आफ्नो पदभार गर्दा नै क्लबले उदाहरणीय काम गरेको बताए ।
एलसिआइएफ डिष्ट्रिक्ट को–अर्डिनेटर तथा लायन्स क्लब अफ हेमजाका पूर्व अध्यक्ष मोतिराज तिमिल्सिनाले डिष्ट्रिक्टले ल्याएका हरेक कार्यक्रममा क्लब सधैं सक्रिय भएर लाग्न आग्रह गरे ।
क्लस्टर चिफ पुरुषोत्तम पराजुलीले मानवीय सेवामा क्लब सधैं अग्रपक्तिमा रहनेमा आफू विश्वस्त रहेको बताए ।
रिजन चेयरपर्सन जीवन गोर्खालीले यो वर्ष डिष्ट्रिक्टमा नमुना क्लब हुने गरी काम गर्न आग्रह गरे । जोन १७ का जोन चेयरपर्सन केशवशरण पौडेलले लायन्सको उद्देश्य अनुरुप नै काम गरेको बताए ।
क्लब अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष शिव पौडेल, विष्णुपादुका माविका शिक्षक मीनबहादुर पराजुली थापा, जोन १७ का मिडिया को–अर्डिनेटर प्रकाशचन्द्र सापकोटा, क्लबका पूर्व अध्यक्ष नवराज त्रिपाठी, पूर्व अध्यक्ष हरिश्चन्द्र पौडेल, प्रथम उपाध्यक्ष डोलराज श्रेष्ठ, कोषाध्यक्ष गोविन्द अधिकारीले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width