पहिराले तनहुँमा एक घर पूर्ण क्षति, एक घर जोखिममा

रासस
असार १२, २०७८

तनहुँ । गत बिहीबार रातिदेखि परेको अविरल वर्षका कारण आज ऋषिङ्गगाउँपालिका–६ पुरानो ऋषिङ्गमा पहिराले एक घर पूर्ण क्षति भएको छ भने एक घर जोखिममा रहेको छ ।

तरुण दलका वडा संयोजकसमेत रहनुभएका विष्णुबहादुर झेडीको घरमाथि आएको पहिराले पुरिँदा क्षति भएको हो । पहिराले खाद्यान्न, लत्ताकपडा, भाडाकँुडा पुरिए पनि कुनै मानवीय क्षति नभएको वडाध्यक्ष भक्तबहादुर आलेले जानकारी दिनुभयो ।

अविरल वर्षाका कारण वडा नं ७ को साङ्खोल्सीमा झरेको पहिरो सफा गरिएको छ । वडा नं ७ सतिकोटमा पहिरामा कारण भएको सडक अवरोध खुलाइएको छ । उक्त पहिराका कारण एक घर जोखिममा छ ।

त्यसैगरी वडा नं ६ गोठादीमा पहिरो झरेर अवरुद्ध भएको सडक खुलाउने प्रयास भइरहेको छ । वडा नं ४ र ६ जोड्ने ढाक्रेखोला पुलमा पहिराले सामान्य क्षति पु¥याएको छ । उक्त पुलमा रहेको पहिरो हटाउने क्रम जारी रहेको गाउँपालिकाले जनाएको छ । श्रीङ्गपथसँगै दुबुङ्ग सडक खण्डमा दर्जनौँ स्थानमा पहिराका कारण सडक अवरुद्ध भएको बताइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै