रिहानाको उपचारका लागि सहयोग

आदर्श समाज सम्वाददाता
असार ११, २०७८
Rihana News

स्याङ्जा । ब्रेन ट्युमर भई उपचारका क्रममा ज्यान गुमाएकी नौ वर्षीया बालिका रिहाना पुनको उपचारका लागि संकलन भएको रकम ५ लाख ६९ हजार ३ सय ७० रुपैयाँ बुधबार बालिका रिहानाका बाबु आमालाई हस्तान्तरण गरिएको छ ।
बागलुङको गलकोट नगरपालिका वडा नम्बर ११, रिघा, मनेवा निवासी अमरबहादुर पुन र छमकली पुनको छोरी नौ वर्षीया बालिका रिहानाको उपचारका लागि गोर्खा स्मारक ट्रष्ट, नेपालले बेलायतमा २ लाख ६९ हजार ३ सय ७० रुपैयाँ संकलन गरेको थियो । त्यस्तै, देश तथा विदेशका शुभेच्छुकहरूबाट संकलित रकममध्ये खर्च कटाएर बचेको ३ लाख रुपैयाँ गरी ५ लाख ६९ हजार ३ सय ७० रुपैयाँ रकम मृतक बालिकाका बुबा आमालाई हस्तान्तरण गरिएको हो ।
गोर्खा स्मारक ट्रस्ट, नेपालका कार्यवाहक अध्यक्ष आनबहादुर गुरुङ, सहसचिव जंगबहादुर गुरुङ र गोर्खा स्मारक ट्रस्ट, बेलायतका कोषाध्यक्ष तिलबहादुर गुरुङले ट्रस्टको पहलमा संकलित रकम हस्तान्तरण गरे । अन्य देश तथा विदेशका नेपालीहरूबाट संकलित रकम ३ लाख रुपैयाँ अभियन्ता कृष्ण काउचाले हस्तान्तरण गरेका थिए ।
ब्रेन ट्युमर भएपछि पोखराको फेवासिटी अस्पतालमा उपचार गराइरहेकी बालिका रिहानाको थप उपचारका लागि लेकसिटी अस्पतालमा सारिएको थियो । आर्थिक रुपमा कमजोर पारिवारिक पृष्ठभूमि भएका बालिका रिहानाको उपचारका लागि देश तथा विदेशबाट सहयोग संकलन सुरु गरिएपनि उनलाई बचाउन नसकिएको अभियान संयोजक निर्मला घर्ती पुनले जानकारी दिए अभियन्ता कृष्ण काउचा, निर्मला घर्ती पुन र सृष्टि पुनलगायतको पहलमा सुरु गरिएको अभियानमा रिहानाको उपचारका लागि विभिन्न संघसंस्था र व्यक्तिहरूले सहयोग गरेका थिए ।

Related News

सम्बन्धित समाचार

    • सातामै करिब २९ सय संक्रमित

      आदर्श समाज सम्वाददाता श्रावण ११, २०७८
      पोखरा  । गण्डकी प्रदेशमा पछिल्लो साता थप २ हजार ८ सय ८९ जना संक्रमित भएका छन् । लकडाउन खुकुलो भएसँगै संक्रमित…
    • पोखरामा युवतीको शव फेला

      रासस श्रावण ११, २०७८
      पोखरा । पोखरा महानगरपालिका–१५ अमिनतरास्थित सेतीनदीको खोँचमा एक युवतीको शव भेटिएको छ । प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार नदी किनारास्थित…
    • अब बालबालिकाका लागि पनि खोप आउने

      रासस श्रावण ११, २०७८
      काठमाडौं । सरकारले आउँदो असोज मसान्तभित्र थप एक करोड पाँच लाख खोप ल्याउने भएको छ । प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य…
    • पोखराको पहिलो आकाशे पुल सञ्चालनमा

      रासस श्रावण ११, २०७८
      पोखरा । पर्यटकीय नगरी पोखराको मुख्य ठाउँ सिर्जनाचोकमा यात्रु आवतजावत गर्ने आकाशे पुल सञ्चालनमा आएको छ । बढ्दो जनसङ्ख्या र…
    • जसपामायादव पक्षको बहुमत

      रासस श्रावण ११, २०७८
      काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्यको सनाखत लिएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव र…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads