नदीजन्य वस्तु उत्खनन अभियोगमा ६ पक्राउ

आदर्श समाज सम्वाददाता
असार १०, २०७८
arrest-2

पोखरा । पोखरा महानगरपालिका–२५ हेम्जास्थित सेती नदी सहस्त्र घाटमा अवैध ढुंगा, गिट्टी र बालुवा उत्खनन् गरेको अभियोगमा पोखरा १ सिम्पानी बस्ने ३९ वर्षीय सानुभाइ मगर सहित ६ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
नदीमा उत्खनन् गरिरहेको भन्ने सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट हेमजाबाट खटिएको प्रहरीले उनीहरूलाई ढुंगा, गिट्टी र बालुवा भरिएको ६ वटा ट्रिप्परसहित पक्राउ गरेको हो । यससम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width