स्याङ्जा । फेदीखोला गाउँपालिकाले विद्यार्थीलाई फलफूलका विरुवा बितरण गरेको छ । फलफूलका माध्यमबाट गाउँपालिकालाई नमूना बनाउने ध्येयले कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्रछात्रालाई विरुवा दिइएको हो ।गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले वातावरणीय सचेतना जागृत गर्ने ध्ययेले ‘एक विद्यार्थी एक विरुवा’ लाई विरुवा बितरण अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“ अभियानले विद्यार्थीहरुमा अध्ययनका साथसाथै श्रम गर्ने बानिको समेत विकास हुन्छ ।”
शिक्षा शाखा प्रमुख रामचन्द्र गुरुङले २३ सामुदायिक विद्यालय र ४ संस्थागत विद्यालयका एकहजार ३६५ विद्यार्थीलाई कागतिको विरुवा वितरण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार वितरित बिरुवाको अनुगमन गरी विद्यार्थीको आन्तरिक मुल्याङ्कन समेत गरिने छ । सङ्घीय सरकारले यस जिल्लालाई ‘कागति जोन‘का रुपमा विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । सो कार्यक्रमलाई कार्यान्वनमा विरुवा वितरणले सहयोग पुग्ने विश्वास गरिएको छ
यसै गरी गाउँपालिकाले कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुलाई निः शुल्क पाठ्यपुस्तक वितरण गर्ने अभियानको समेत शुरुआत गरेको छ । गाउँपालिका अध्यक्ष सुवदीले आज काला भैरव माध्यमिक विद्यालय फेदीखोलामा अध्ययनरत विद्यार्थीलाई पाठ्पुस्तक हस्तान्तरण गर्नुभयो ।
कोरोना सङ्क्रमणको जोखिम कायमै रहेका समयमा विद्यालयमा अनलाइनका माध्यमबाट पठनपाठन गर्ने व्यवस्था मिलाइएको र यसका लागि सबै विद्यालयहरुमा इन्टरनेटको व्यवस्था गरिदिएको शिक्षा शाखा प्रमुख गुरुङले जानकारी दिनुभयो । विद्यार्थी सङ्ख्या कम भएका विद्यालयहरुमा दूरी कायम गरेर पठनपाठनको व्यवस्था मिलाउन आग्रह समेत गरिएको छ । साथै विद्यालयमा सेनिटाइजर, माक्स र सामुन खरिदको लागि रकम समेत उपलब्ध गराइएको छ ।
Related News
सम्बन्धित समाचार
पशु स्वास्थ्य प्राविधिकलाई अभिमुखीकरण
माझठानाका कृषकलाई तालिम
कास्कीको मादीमा एउटै फार्मका दुई सय ८० बाख्रा मरेपछि…
फेदीखोलाको सर्केटारीमा प्रथम आलु प्रदर्शनी
रैथाने बाली संरक्षण गर्दै कृषि ज्ञान केन्द्र
hero news full width
मुख्य समाचार
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१