काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने तयारी

आदर्श समाज सम्वाददाता
असार ६, २०७८
Lockdwon

पोखरा । कोरोना नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा कम्तीमा १ साता लम्बाउने तयारी भएको छ । केही सेवामा खुकुलो बनाउँदै निषेधाज्ञा थप्ने तयारी भएको बताइएको छ ।

निषेधाज्ञाबारे छलफल गर्न आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका कोभिड–१९ जिल्ला संकट व्यवस्थापन समिति (डिसिसीएमसी) को बैठक बस्दैछ । बैठकपछि ३ प्रमुख जिल्ला अधिकारीबीच हुने छलफलले निषेधाज्ञाबारे निर्णय गर्नेछ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले उपत्यकामा भाइरस संक्रमण उल्लेखनीयरुपमा नघटेकाले जारी निषेधाज्ञाको अवधि थप्ने तयारी भएको बताए । सिडिओ पराजुलीका अनुसार केही क्षेत्र खुला गरेर निषेधाज्ञालाई थप्ने तयारी गरेको छ । सवारी साधन जोरबिजोर गरे चलाउन दिने वा नदिनेबारे छलफल हुन बाँकी रहेको उनले बताए । उनले अब बस्ने बैठकले निषेधाज्ञाको मोडालिटीबारे टुंगो लगाउने बताए । काठमाडौंको हाल जारी निषेधाज्ञा असार ७ मध्यरातसम्म कायमै छ ।

संक्रमण धेरै देखिएका क्षेत्रलाई मात्र सिल गरेर परीक्षण र कन्ट्रयाक ट्रेसिङ बढाउने प्रावधान ‘स्मार्ट लकडाउन’को प्रावधानमा राख्ने तयारी छ । यसको मोडालिटीमा स्वास्थ्य मापदण्ड पालना गराएर आर्थिक गतिविधिलाई अगाडि बढाउने विषय छ । गत वर्ष लकडाउन खुकुलो पार्दै जाँदा प्रशासनले जोर–बिजोर प्रणालीमा सवारी साधन चल्न दिएको थियो ।

प्रशासनले कोभिड–१९ भाइरसको दोस्रो लहरको चेन ब्रेक गर्ने भन्दै १६ वैशाखदेखि उपत्यकामा निषेधाज्ञा लगाएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width