स्वास्थ्य सुरक्षा सामग्री सहयोग

आदर्श समाज सम्वाददाता
असार ४, २०७८
padam 1

पोखरा। अमेरिकाको कार्टर पिलर फाउन्डेसन र एसिष्ट इन्टरनेशलनको सहयोगमा पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान, लेखनाथको संक्रामक तथा सरुवा रोग अस्पताल तथा विभिन्न स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्री सहयोग प्रदान गरिएको छ ।

भिजन एन्ड भ्यालुका निर्देशक पदमराज पौडेलको संयोजनमा नेपालका विभिन्न स्वास्थ्यलयका लागि झन्डै ५५ लाख बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराइएकोमा ती अस्पतालमा फरक फरक कार्यक्रमबीच स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ थान भेन्टिलेटर, सक्सेन मसिन, प्यासेन्ट मसिन सहित झन्डै १५ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग प्रदान गरियो ।
लेखनाथको संक्रामक तथा सरुवा रोग अस्पतालमा १३ लाख बराबरको कोभिड उपकरणहरु प्रदान गरिएको छ ।

त्यस्तै, लेखनाथकै रुपा स्वास्थ्य चौकी र पोखरा–३१ स्थित बेगनास स्वास्थ्य चौकीलाई अक्सिजन कन्सटेटर, नेबुलाइजर, मास्क, स्यानिटाइजर, पञ्जा लगायतका स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।

कार्यक्रम संयोजक पदमराज पौडेलले कोभिड महामारीमा नेपालका विभिन्न स्थानका लागि स्वास्थ्य सामग्री सहयोग गरेकोमा सहयोगी एसिष्ट इन्टरनेशनलका रे स्मिथ तथा कार्टर पिलर फाउन्डेसनप्रति कृतज्ञता जाहेर गरे । काठमाडौंको वीर अस्पताल, कान्ति बाल अस्पताल र बनेपाको शिर मेमोरियल अस्पताललाई पनि स्वास्थ्य सामग्री सहयोग गरिने जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width