पोखरा । हुन्डाईले नेपालले नेपालका विभिन्न भागमा २१ वटा चार्जिङ प्वाइन्ट स्थापना गरेको छ । हुन्डाई गाडीका उपभोक्तालाई निःशुल्क सवारीसाधन चार्ज गर्न सो प्वाइन्टमा प्राथमिकता दिइनेछ । साथै अन्य ब्रान्डका इभी गाडीका लागि चार्जिङ शुल्क चार्जिङ ठाउँहरु अनुसार फरक हुन सक्ने जनाइएको छ ।
हुन्डाई गाडीको नेपालको लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले विद्युतीय गाडीको क्षेत्रमा महत्वपूर्ण कदम चालिरहेको छ । नेपालमा हुन्डाईसँग हाल इलेक्ट्रिक सवारीमा कोन्का र आयोनिक नामक २ मोडल छन् । यी मोडल पछिल्लो समय निकै रुचाइने मोडल हुन् ।
इलेक्ट्रिक सवारी प्रयोग गरी वातावरण संरक्षणमा सहयोग गर्ने एक प्रभावकारी तरिका हो । सरकारले पेस गरेको गत बजेटमा विद्युतीय सवारी साधनमा थप शुल्क लगाइएको कारण मूल्य अत्यन्तै बढेको थियो । हालै आव २०७८÷०७९ को बजेटमा विद्युतीय सवारीमा कर घटाइएकोले हुन्डाईका विद्युतीय गाडीहरुको शुल्क पनि घटेको जनाइएको छ ।
हाल हुन्डाई कोन्का १०० किलोवाट ब्याट्रीको मूल्य ५६।९६ लाख, कोन्का–१५० किलोवाट ब्याट्रीको मूल्य ७१।९६ लाख र आयोनिक–१०० किलोवाट ब्याट्रीको मूल्य ५७।९६ लाख छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो इभी बेच्नमा मात्र केन्द्रित नभै इभी गाडीका लागि अत्यन्तै जरुरी चार्जिङ स्टेशनहरूको स्थापनामा पनि ठूलो लगानी गरिरहेको छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभर १३ शोेरुम र १७ सर्भिस सेन्टरमार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको जनाएको छ । हुन्डार्ई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाइल उत्पादकमध्येमा पर्दछ ।
Related News
सम्बन्धित समाचार
पोखराबाट अथर स्कुटरको बिक्री सुरु
अर्थ मन्त्रीसँग सवारी साधनहरुको रिएक्सपोर्टको सम्बन्धमा छलफल
पोखरामा देशकै ठूलो अटो मेला
पोखरामा सिट्रोनको अत्याधुनिक सोरुम
सामुदायिक विद्यालयलाई बस किन्न अटोवेजको सहयोग
hero news full width
मुख्य समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१