पोखरा, २९ जेठ । नेपाली कांग्रेस वडा कार्यसमिति बिरुवा गाउँपालिका ४ स्याङ्जाले खाद्यान्न र औषधी सहयोग गरेको छ । कांग्रेसको वडा कमिटीले साबिकको ओरष्टे गाविसभित्र रहेका गरिब तथा विपन्न परिवारलाई शनिबार राहत उपलब्ध गराएको हो ।
पालिकाको ४ नम्बर वडाभित्र रहेको २ सय ५० घरलाई खाद्यान्न वितरण गरेको नेपाली कांग्रेस स्याङ्जाका प्रदेश सचिव डोलराज पोखरेलले जानकारी दिए । खाद्यान्नमा चामल, तेल, दाल र नुन वितरण गरेको प्रदेश कार्यसमिति सदस्य नरेश पोखरेलले बताए ।
कोरोना महामारीको समयमा गाउँमा सचेतना जगाउँदै भिटामिन ‘सि’, सिटामोल, मास्क र हात धुने साबुन पनि वितरण गरिएको वडा इकाइ उपसभापति मुक्त गुरुङको भनाइ थियो ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य चन्द्रकान्त पोख्रेलले महामारीको समयमा वडा इकाइ कमिटीले सराहनीय काम गरेको धारणा राखे । बिरुवा ४ घर भई पोखरालगायत देशको विभिन्न सहरमा बस्ने साथै विदेशमा रहेकाले दुखको बेला गाउँलाई सम्झिएकोमा नेपाली कांग्रेस वडा कार्यसमिति बिरुवा गाउँपालिका उपसभापति नारायण पोखरेलले धन्यवाद दिए । वडा इकाइ सभापति ऋषिराम शर्माले आगामी दिनमा पनि वडाबासीबाट सहयोगको अपेक्षा गरे ।
वडा ४ मा दैनिक मजदुरी गरेर जीवन चलाउनेलाई लकडाउनपछि समस्या सुरु भएकाले राहतले धेरै सहयोग पुग्ने वडा इकाइ सचिव ज्योतिप्रकाश थापाले बताए।
Related News
सम्बन्धित समाचार
माटो सुहाउँदो खेती गरे विदेशिनु पर्दैन : प्रमुख घर्ती
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१