भिडियो एक्सरे र ल्याब सेवा सुरु

आदर्श समाज सम्वाददाता
जेठ २६, २०७८
mechine jadan

म्याग्दी । म्याग्दीको धौलागिरी गाउँपालिका ७ स्थित ताकम अस्पतालमा भिडियो एक्सरे र ल्याब सेवा सञ्चालन गरिएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग र गाउँपालिकाको समन्वयमा उपकरण व्यवस्थापन गरेर भिडियो एक्सरे सेवा सुचारु गरिएको हो ।

ल्याब सञ्चालनका लागि गाउँपालिकाले नै आवश्यक व्यवस्थापन गरेको हो ।

भिडिओ एक्सरे मेसिन सेवा सुचारु भएपछि गर्भमा रहेको बच्चाको अवस्था पत्ता लगाउन ,पित्तथैली, मिर्गौला, मुत्रथैलीको पत्थरी, कलेजोको रोग पत्ता लगाउन सहज हुने अस्पतालका डा.एकराज भण्डारीले बताए । उनका अनुसार ल्याबमा रुटिन ब्लड टेस्टलगायत सेवा दिइएको छ । भिडियो एक्सरे र ल्याब सञ्चालन भएपछि ग्रामीण भेगका गर्भवती महिला, वृद्धवृद्धालगायत बिरामी लाभान्वित हुने भएका छन् ।

भिडियो एक्सरे र ल्याब सेवा सुचारु भएपछि विकट बस्तीका महिला, वृद्धवृद्धालगायत बिरामीलाई थप सहज हुने गाउँपालिका अध्यक्ष थमसरा पुन मगरले बताइन् । यसअघि धौलागिरीबासी भिडियो एक्सरे र ल्याब सेवाका लागि दरबाङ, बेनी, पोखरालगायत बाहिरी अस्पताल पुग्ने बाध्यता थियो ।

सेवा सुचारुपछि ग्रामीण बस्तीका नागरिकलाई आर्थिक खर्चको भार कम हुने र समयमै गर्भमा बच्चाको अवस्था थाहा नपाउँदा आमा र बच्चालाई हुने जोखिम कम गर्नसमेत सहयोग पुग्ने अध्यक्ष पुनको विश्वास छ ।

Related News

सम्बन्धित समाचार

hero news full width