पालुङटारमा रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधी सहयोग

आदर्श समाज सम्वाददाता
जेठ २२, २०७८
Palungtar News Photo

पोखरा  । नेपाल आयुर्वेद औषधी व्यवसायी संघ र नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज गण्डकीले संयुक्त रुपमा गोरखाको पालुङटार नगरपालिका मातहतको आयुर्वेद औषधालयलाई औषधी सहयोग गरेका छन् ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको कोभिड–१९ को मान्यताअनुसार औषधी औषधालय शाखा प्रमुख हितकाजी श्रेष्ठ, उपमेयर पम्फा बसेल र प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्मालाई औषधी हस्तान्तरण गरिएको हो ।

नगरभित्रका संक्रमितको रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग पु¥याउने गुण भएका औषधी उपलब्ध गराइएको स्वयंसेवक उपसमिति संयोजक कृष्ण राउतले जानकारी दिए । गुड्ची चुर्ण, यष्टिमधु चुर्ण, त्रिकटु चुर्ण मिश्रण गरी खल विधिबाट तयार गरिएको आयुर्वेद औषधीले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत पुग्ने संघका सचिव एवं आयुर्वेद चिकित्सकीय परामर्श उपसमिति संयोजक डा दीपक भुसालले दाबी गरे ।

संघले गण्डकी प्रदेशमा अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी र विपन्न नागरिकका लागि आयुर्वेद औषधी निशुल्क वितरण गरिरहेको अध्यक्ष राजुकुमार पौडेलले जानकारी दिए ।

आयुर्वेद स्वास्थ्यकर्मी समाज गण्डकी अध्यक्ष प्रकाश क्षेत्रीले आयुर्वेद व्यवसायीसँगको समन्वयमा सकारात्मक अभियान थालनी गर्न पाउँदा खुसी लागेको बताए ।

संघको सहयोगप्रति पालुङटार नगरपालिकाका मेयर दीपकबाबु कँडेलले धन्यवाद व्यक्त गरे ।

नगरपालिका उपमेयर पम्फा बसेलले संक्रमितलाई औषधीसँगै मनोपरामर्श सेवा पनि आश्वयक महसुस गरेको सुनाइन् ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्मा, संगम आयुर्वेद फर्मा डुम्रेका सञ्चालक सुवास थापा, स्पर्श आयुर्वेद अस्पताल पोखराका गजेन्द्र थापा, संघका कोषाध्यक्ष रमेश चापागार्इं, पालुङटार आयुर्वेद औषधालयका प्रमुख तथा वरिष्ठ कविराज निरीक्षक हितकाजी श्रेष्ठ लगायत उपस्थित थिए ।

संघले सचिव डा दीपक भुसालको संयोजकत्वमा प्रदेशभित्र संक्रमितको स्वास्थ्य अवस्था र मनोबल मजबुद बनाउन स्वास्थ्य परामर्श सेवासमेत सञ्चालन गरेको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width