पोखरा । नेपाली काँग्रेस कास्कीले कोरोना महामारीसँगै अब हुन सक्ने प्राकृतिक विपत्मा जनतासँग कसरी जोडिने भन्ने विषयमा छलफल गरेको छ । उसले कास्कीका ६ वटै प्रदेश सभा निर्वाचन क्षेत्र, शुभेच्छुक तथा भातृसंस्था संस्था र उद्योग व्यवसायीसँग छलफल गरेको हो ।
पार्टी सभापति कृष्ण केसीको पहलमा भएको छलफलमा पार्टीले बनाउने योजनामा पूर्ण रुपमा साथ दिने भन्दै योजना सफल बनाउन जुट्ने प्रतिबद्वता व्यक्त गरिएको छ । ‘छलफल निकै उपयोगी भयो,’ सभापति केसीले भने, ‘सुझावकै आधारमा योजना तय गर्ने छौं ।’
छलफलबाट प्राप्त सुझाव आधारमा कास्की काँग्रेसको बैठकले विपत्का बेला जनतासँग जोडिने योजना तय गर्ने कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए । कोरोना महामारीसँगै बाढीपहिरोजस्ता घटनामा धनजनको क्षति हुँदा जनतालाई कसरी सहयोग र राहत दिन सकिन्छ भनी छलफल गरेको प्रवक्ता सिग्देलले बताए ।
वैशाख २६ को बैठकले कोरोना संक्रमित बिरामीको सहजताका लागि निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार जेठ १ देखि एम्बुलेन्सले सेवा दिइरहेको छ । सेवा प्राप्त गर्न चाहनेले देवेन्द्र रानाभाट (९८४६०२६७६६) र विजयराज अधिकारी (९८५६०५४२२२) लाई सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ । हालसम्म १ सय भन्दा बढी बिरामीलाई निशुल्क एम्बुलेन्स सेवा दिइसकेको जनाइएको छ ।
एम्बुलेन्सले पोखरासहित हंसपुर, थुमाकोडाँडा, थुम्सीकोट, माझठाना, घाँटीछिना, लुम्ले, ल्वाङघलेल लगायत क्षेत्रमा पुगेर बिरामीलाई सेवा दिने गरेको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल
ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
hero news full width
मुख्य समाचार
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१