पोखरा । स्याङ्जाका राजनबहादुर गुरुङ आजभोलि अक्सिजन दिने काममै व्यस्त हुन्छन् । सेक्युरिटीको काम गर्ने गुरुङले सेवा अवधिमा ३ वर्ष अक्सिजन सप्लाइमै काम गरेका थिए । ग्यासको काममा अनुभवी भएकै कारण गएको केही दिनदेखि उनको ड्युटी अक्सिजन कन्ट्रोल रुममै छ ।
अक्सिजन रुममा १८ वटा सिलिन्डर छन्, कुन सकिन लाग्यो, कुनमा कति छ, अब कति धान्छ उनलाई कन्ठै छ । सकिन लाग्नेबित्तिकै उनलाई फेर्न हतारो हुन्छ । उनलाई थाहा छ कि, ‘मैलै एकछिन ढिलो गरेँ भने बिरामीको ज्यान जान सक्छ ।’ त्यही कारण पनि उनी निकै चनाखो भएर सिलिन्डरको सुई र सिस्टमको सुई हेरिरहेका हुन्छन् । उनले दैनिक ८ घन्टा काम गर्छन् ।
बिहीबार उनको ड्युटी दिउँसो २ बजेदेखि राति ८ बजेसम्म थियो । उनको ड्युटी सुरु भएको १ घन्टा नबित्दै भएका जति अक्सिजन सिलिन्डर रित्तिए । उनी आत्तिए, ग्यास फोकल पर्सन विमल बराललाई खबर गरे, आपूर्तिमा भने, ड्राइभरलाई तारन्तर फोन गरे । जोडिराखेको सिलिन्डरको सुई बिस्तारै शून्यमा झ¥यो । अब के गर्ने ? भन्ने पिरलोले उनको होस ठाउँमा रहेन । चिकित्सकले सिलिन्डरको सकिए पनि पाइपलाइनमा भएको अक्सिजनले केही समय धान्छ भनेपछि गुरुङको मन केही शीतल भयो । तर पनि पाइपलाइनमा सकिँदासम्म पनि भरिएको सिलिन्डर आएन भने गाह्रो हुन्छ भन्ने मनमा भुटभुटीचाँहि चलिरह्यो । १०÷१५ मिनेटपछि भरी सिलिन्डर आइपुग्यो उनले जोरजाम गरे । दिउँसोको समस्या हल भयो ।
नेपाल सरकारबाट सहयोग प्राप्त नीला रंगका १६ सिलिन्डर नोजल नमिलेका कारण यतिकै थन्किएका छन्
केही समय ढुक्कसँग सिलिन्डरको सुईमा आँखा लगाइरहे । राति फेरि उही समस्या दोहोरियो । रात परिसकेको थियो, सबैतिर खबर गरे । बिरामीका आफन्त कराउँदै थिए । ग्यास कन्ट्रोल रुमको नजिकै नीला रंगका १६ वटा सिलिन्डर थिए । बिरामी कुरुवाहरुले यो सिलिन्डर जोड्न मिल्दैन भन्ने प्रश्न गरे । गुरुङले सकी नसकी त्यो नीलो सिलिन्डर काँधमा हालेर भित्र लगी फिट गर्न खोजे, मिलेन । पाइप चलाए, ठाकठुक गरे, उनको केही लागेन । आफूहरुले अहिले प्रयोग गर्नेभन्दा नीलो सिलिन्डरको नोजल (रेगुलेटर) सानो भएका कारण नमिलेको उनले बताए । केही बिरामीका कुरुवाले उनलाई कराउन थाले । उनको केही सिप चलेन, उनी नतमस्तक भएर गाली सुनिरहे, हेरिरहे । केही समयमा ग्यास कम्पनीबाट भरी सिलिन्डर आयो र फिटिङ गर्दा ड्युटी सकिएकाले घर गए ।
उनको ड्युटी भोलिपल्ट बिहानै थियो, फेरि अस्पताल आए । अस्पतालमा रुवाबासी थियो । उनले अक्सिजन अभावकै कारण सुत्केरीसहित ६ जनाको मृत्यु भयो भन्ने पनि सुने । त्यो घटनाले उनी निकै दुखी थिए । अस्पतालमा १५ वर्षको कामको दौरानमा यस्तो समस्या अहिलेसम्म झेल्न परेको थिएन । ‘बिहान अक्सिजन नपाएर मान्छे मरेको भन्ने सुनेँ, साह्रै दुख लागेको छ,’ उनले भने, ‘मेरो कारण त होइन नि ग्यास सिलिन्डर नै ढिलो आयो के गर्ने ।’ छेवैमा भएको नीलो सिलिन्डरले काम गरेको भए पनि ग्यासको अभाव नहुने गुरुङ बताउँछन् ।
अक्सिजन अभाव हुन नदिन नेपाल सरकारबाट सहयोग स्वरुप आएको नीलो रंगको सिलिन्डर नोजल नमिलेका कारण यतिकै थन्किएको अस्पतालका निर्देशक प्राडा. भरतबहादुर खत्रीले बताए । अहिले यस्ता सिलिन्डर अस्पतालमा १९ वटा छन् । केही समय अगाडि पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले दिएका ३ वटासहित मन्त्रीकै पहलमा मंगलबार १६ वटा थप भएका हुन् । काठमाडौंको आपूर्तिबाट आएको तर कुन देशको अनुदानको सहयोग भन्ने थाहा नभएको निर्देशक खत्रीले जानकारी दिए । उनले थाहा नभएको बताए पनि सिलिन्डरमा लेखिएको अक्षरले प्रष्ट चिनिया अनुदान सहयोग भन्ने बुझिन्छ । ग्यास पठाउनेले सँगै नोजल पनि पठाएको भए सहज हुने १ चिकित्सकले बताए । निर्देशक खत्री भने नोजल खोजिहेको बताउँछन् । ‘ग्यास कम्पनीमा त्यसमा लाग्ने नोजल छैन रे,’ उनले भने, ‘बजारबाट नोजल खोजेर पठाएपछि हामीले फिट गरिदिन्छौं भन्नुभएको छ ।’
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
सिद्ध र कालिका क्रिकेटको फाइनलमा
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
hero news full width
मुख्य समाचार
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१