पोखरा । गण्डकी प्रदेशमा पछिल्लो १ हप्तामा २ हजार ५ सय ६ जनाले कारोना जितेका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधबार सबैभन्दा बढी ५ सय ६७ जनाले कोरोना जितेका हुन् । सबैभन्दा कम बिहीबार १ सय ४५ ले मात्र निको भएका थिए । योसँगै प्रदेशमा कोरोना जित्नेको संख्या २० हजार ९ सय ६५ पुगेको छ । प्रदेशमा निको हुनेदर ६८ प्रतिशत छ ।
प्रदेशमा बुधबार ६ सय ८८ जना नयाँ संक्रमित थपिएका छन् । निर्देशनालयका अनुसार प्रदेशमा १ हजार ६ सय ९७ परीक्षणमा करिब ४० प्रतिशत अर्थात् ६ सय ८८ जना संक्रमित थपिएका छन् ।
बुधबार सबैभन्दा बढी कास्कीमा १ सय ७६ र कम लमजुङमा ७ जना थपिएका हुन् । सधैं कम संक्रमित हुने मनाङमा १३ र मुस्ताङमा १० जना थप भएका छन् । गोरखामा १ सय २९, नवलपुरमा १ सय २८, बागलुङमा ७० र म्याग्दीमा ६८ जनामा संक्रमण भएको छ । यसैगरि तनहुँमा ५६, पर्वतमा २२ र स्याङ्जामा ९ जनामा संक्रमण भएको छ । योसहित कुल संक्रमित संख्या ३० हजार ६ सय ८८ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ९ हजार २ सय ७१ छ । तीमध्ये होम आइसोलेसनमा ९ हजार ११ जना छन् ।
नेपालभर सात हजार ९८९ जना कोरोनाबाट निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर ८५६ जना क्वारेन्टिनमा छन् । गत २४ घन्टामा थप ८ हजार १ सय ७३ जना कोरोना भाइरसबाट संक्रमित भएको मन्त्रालयले जनाएको छ । गत २४ घन्टामा पिसिआर विधिबाट ८ हजार ६४ र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ९ जनामा पोजेटिभ देखिएको हो । यस अवधिमा २४६ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । हालसम्म कोरोनाका कारण ५ हजार ६ सय ५७ जनाको मृत्यु भएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ७ सय १३ पुगेको छ ।
गण्डकी प्रदेशमा पछिल्लो १ सातामा १ सय ६४ जना कोरोना संक्रमितको ज्यान गएको छ । बुधबार मात्रै ३० जनाको ज्यान गयो । यो संख्या एकै दिनमा मृत्यु हुनेमा सबैभन्दा उच्च हो ।
प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार गत वैशाख २९ देखि जेठ ५ सम्मको अवधिमा १ सय ६४ जना संक्रमितको ज्यान जानुले संक्रमणको जोखिम कायमै रहेको पाइन्छ । जेठ २ यता क्रमशः मृत्यु दर घटेकोमा बुधबार एक्कासी दोब्बर संख्यामा मृत्यु हुनेको संख्या बढेको हो । अघिल्लो दिन मंगलबार गण्डकीका १५ जना संक्रमितले ज्यान गुमाएका थिए । वैशाख २९ मा १६ जना, ३० गते १४ जना, वैशाख ३१ मा २३, जेठ १ मा १४, जेठ २ मा २८, जेठ ३ मा २४ जनाको ज्यान गएको थियो । वैशाख २३ यता सबैभन्दा कम वैशाख २५ गते ३ जना संक्रमितले ज्यान गुमाएका थिए । हालसम्म गण्डकीमा ४ सय ५२ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
बुधबार मृत्यु हुनेमा सबैभन्दा बढि स्याङ्जामा ७ र रुपन्देही र पाल्पाका १÷१ जना रहेका छन् । यस्तै कास्कीका ६, पर्वत र तनहुँका ५÷५, गोरखाका ३, नवलपुरका २ जनाको कोरोनाबाट मृत्यु भएको हो ।
पर्वतको कुश्मा नगरपालिका ६ का ६० वर्षीय पुरूषका पर्वत जिल्ला अस्पताल, पर्वतमा उपचारको क्रममा मृत्यु भएको हो । पर्वतको मोदी गाउँपालिका २ की ७८ वर्षीया महिलाको आइसोलेसनमा निधन भएको हो । पर्वतकै बिहादी गाउँपालिका ३ का ५७ वर्षीय पुरूषको गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा ज्यान गएको हो । पर्वतकै कुश्मा नगरपालिका ९ का ५७ वर्षीय पुरूषको मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको मृत्यु भएको हो । पर्वतको जलजला गाउँपालिका ३ की ६० वर्षीया महिलाको जिल्ला अस्पताल पर्वतमा उपचारको ज्यान गएको हो ।
नवलपुरको कावासोती नगलपालिका २ का ६८ वर्षीय पुरूषको मध्यविन्दु अस्पताल, नवलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । नवलपुरकै कावासोती नगलपालिका १६ का ६८ वर्षीय पुरूषको मध्यविन्दु अस्पताल, नवलपुरमा उपचारको क्रममा निधन भएको हो ।
यसैगरि स्याङजाको वालिङ नगलपालिका १३ की ५५ वर्षीया महिलाको चरक मेमोरियल अस्पताल, पोखरामा मंगलबार मृत्यु भएको हो । स्याङजाको चापाकोट गाउँपालिका ५ का ७२ वर्षीय पुरूषको गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा निधन भएको छ । सोही जिल्लाको वालिङ नगलपालिका १ का ७६ वर्षीय पुरूषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा सोमबार ज्यान गएको छ ।
स्याङ्जाकै पुतलीबजार नगरपालिका १ का ९२ वर्षीय पुरूषको जिल्ला अस्पताल स्याङ्जामा उपचारको क्रममा निधन भएको छ । वालिङ नगलपालिका २ की ७७ वर्षीया महिलाको होम आइसोलेसनमा मंगलबार निधन भएको छ । गल्याङ नगलपालिका ११ का २७ वर्षीय पुरूषको गौतम बुद्ध अस्पताल, बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । भिरकोट नगलपालिका ३ की ७० वर्षीया महिलाको होम आइसोलेसनमा ज्यान गएको छ ।
यसैगरि कास्कीको पोखरा महानगरपालिका ९ का ४२ वर्षीय पुरूषको मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको क्रममा निधन भएको छ । पोखरा महानगरपालिका १० की ४८ वर्षीया महिलाको गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा निधन भएको छ । पोखरा १५ का ७५ वर्षीय पुरूषको ग्यालेक्सी अस्पताल, पोखरामा मृत्यु भएको हो । पोखरा ८ का ५९ वर्षीय पुरूषको गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा मंगलबार निधन भएको छ । पोखरा १४ का ५६ वर्षीय पुरूषका गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको दुखद निधन भएको हो । पोखरा१४ का ५४ वर्षीय पुरूषको पनि मंललबार नै उपचारको लागि अस्पताल लैजादै गदा ज्यान गएको हो ।
यसैगरि गोरखा बकराङ १ की ८४ वर्षीया महिलाको भरतपुर अस्पताल, चितवनमा उपचारको क्रममा निधन भएको छ । गोरखा नगरपालिका ७ का ३२ वर्षीय पुरूषका भरतपुर अस्पताल, चितवनमै मृत्यु भएको हो । गोरखा कै अजिरकोट गाउँपालिका ७ का ३० वर्षीय पुरूषको होम आइसोलेसनमा निधन भएको छ ।
यस्तै तनहुँको भानु नगरपालिका ४ का ७१ वर्षीय पुरूषको चितवन मेडिकल कलेज, चितवनमा उपचारको क्रममा निधन भएको छ । भानु नगरपालिका १२ की ६५ वर्षीया महिलाको चितवन मेडिकल कलेज, चितवनमै मृत्यु भएको छ । बन्दीपुर नगरपालिका २ का पुरूषका भरतपुर अस्पताल, चितवनमा उपचारको दुखद निधन भएको छ । तनहुँकै व्यास नगरपालिका १ का ४१ वर्षीय पुरूषको पनि चितवन मेडिकल कलेज, चितवनमा उपचारको क्रममा ज्यान गएको हो । तनहुँ कै शुक्लागण्डकी नगरपालिका ५ का ८१ वर्षीय पुरूषको
जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र, तनहुँमा मृत्यु भएको हो ।
यसैगरि रूपन्देहीको सैनामैना नगरपालिका ३ का ४९ वर्षीय पुरूषको मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको क्रममा निधन भएको छ । पाल्पाको तानसेन नगरपालिका २ की ४४ वर्षीया महिलाको चरक मेमोरियल अस्पताल, पोखरामा उपचारको क्रममा बुधबार मृत्यु भएको हो ।
Related News
सम्बन्धित समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
आहारारामा को होला च्याम्पियन ?
hero news full width
मुख्य समाचार
सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१पुराना रुख काट्नेलाई कारबाहीको माग
फागुन १, २०८१पाँचपल्टको विजेता थ्रि स्टारलाई रोक्दै ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१कर्मयोगी भक्तराज सम्मानित
फागुन १, २०८१