गण्डकीमा अब ११ मन्त्रालय

आदर्श समाज सम्वाददाता
जेठ ५, २०७८
first cabinet

फाइल तस्बिर

पोखरा । गण्डकीमा अब ११ वटा मन्त्रालय बन्ने भएको छ । यसअघि ७ मन्त्रालय रहेको गण्डकीमा सत्ता जोगाउनका लागि मुख्यमन्त्रीले बैशाख १६ गते सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालयको जिम्मा स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई दिएका थिए ।

सामाजिक विकास मन्त्रालयबाट अझै स्वास्थ्य मन्त्रालय टुक्र्याउन लागिएको छ ।

यस्तै, भौतिक पूर्वाधार विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्राललाई दुई–दुई वटा बनाईएको छ ।

मन्त्रीपरिषद्को पहिलो बैठकले सरकारको प्रबक्तामा रामशरण बस्नेतलाई तोकेको छ । मन्त्रीहरुको कार्य विभाजन पनि केहिबेरमा टुंगिने छ।

Related News

सम्बन्धित समाचार

hero news full width