लमजुङ । लमजुङ जिल्ला अस्पतालमा अक्सिजन उत्पादन प्रक्रिया अन्तिम चरणमा पुगेको छ । अस्पतालका बेडसम्म पाइप जडानको काम भइसकेको र प्लान्ट जडान हुनासाथ उत्पादन गरिने स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीले बताए । उनका अनुसार प्लान्ट वीरगन्ज भन्सार कार्यालयमा आइसकेको छ । ‘३ देखि ५ दिनभित्र आउने ठेकेदारको भनाइ छ,’ उनले भने, ‘ त्यसका लागि टेन्डर र सम्झौताको काम केही समय अघि भएको भए पनि भारत सरकारले अक्सिजनजन्य सामग्री निर्यातमा प्रतिबन्ध लगाएका कारण खरिदको काम रोकिएको थियो ।’ उक्त मेसिन खरिदका लागि ५५ लाख रुपैयाँमा ठेकेदारसँग सम्झौता भएको दवाडीले बताए । उनका अनुसार सो बजेट प्रदेश सरकारबाट आएको हो ।
जिल्ला अस्पतालमा जडान गर्न लागिएको अक्सिजन प्लान्टको क्षमता दैनिक १५० केविका ठूला सिलिन्डर १५ वटा भर्न सक्ने रहेको अस्पतालका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताए । उनका अनुसार तत्कालका लागि यहाँ उत्पादन हुने अक्सिजन बाहिर दिन सकिँदैन । अस्पतालकै बेड बेडमा पाइपबाट सप्लाइ गर्ने तयारी गरिएको छ । उनले भने, ‘पहिलो चरणमा प्लान्टबाट उत्पादन हुने अक्सिजनलाई पाइपलाइनमार्फत आइसोलेसन बेड, इमर्जेन्सी वार्डका साथै आइसीयु, अन्तरंग तथा प्रसूति वार्डसम्म सेवा दिइनेछ ।’
जिल्लामा अक्सिजन प्लान्ट ल्याउने जिम्मा ओटु कन्सर्नले लिएको छ । भारतले अक्सिजन प्लान्ट मेसिन बिक्रीमा लगाएको प्रतिबन्ध गत वैशाख २३ मा फुकुवा गरेको थियो । ‘सो प्लान्टमा बुस्टर जडान गरेपछि पाइपमा भरेर अन्यत्र पनि सप्लाइ गर्न सकिन्छ, त्यसको पनि तयारी भएको छ । त्यो काम हुन २ देखि ३ महिना लाग्न सक्छ,’ उनले भने ।
Related News
सम्बन्धित समाचार
टेम्पल ट्रि रिसोर्टले बुझायो २ करोड कर
कोरोनाको नयाँ भेरियन्ट : संक्रामक तर घातक कम
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
hero news full width
मुख्य समाचार
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१