स्वास्थ्य सामग्री प्रदान गर्न जनवादी गणतन्त्र चीनलाई नेपाली नागरिकको अपिल

आदर्श समाज सम्वाददाता
वैशाख ३०, २०७८
CHINA FLAG

पोखरा ।  विगत केही सातायता नेपालमा कोभिड–१९ संक्रमितको संख्या १२ सय प्रतिशतले बढेको छ। परीक्षणमा पोजेटिभ देखिनेको दर लगातार पचास प्रतिशतभन्दा बढी रहँदै आएको छ। स्वास्थ्य जनशक्ती र अग्रपंक्तिमा रहेर रहेर काम गर्नेको संख्या देशभर अपुग छ भने देशको स्वास्थ्य पूर्वाधार नाजुक अवस्थामा आइपुगेको छ।

विश्वस्तरमै कोभिड–१९ द्रुत गतिमा फैलिरहेको हामीले  देखिरहेका छौं र आगामी महीनाहरूमा अझै कठीनपूर्ण संघर्ष गर्नुपर्ने निश्चित छ। यो सन्दर्भमा, के प्रष्ट छ भने, सम्भावित मानवीय विपत्सँग जुध्न नेपाललाई आफ्ना छिमेकीको सहायता चाहिनेछ ।

चीन छिमेकी मात्र नभएर नेपालको असल मित्र पनि हो, विशेषतः विपत्का बेला यो सम्बन्धको अभिप्राय प्रमाणित भइसकेको छ। सन् २०१५ को भूकम्पपछिका दिन र त्यसपछिको नाकाबन्दीका बेला चीनले नेपाललाई निरन्तर सहायता दिएको कुरा प्रत्येक नेपालीको मन, मुटुमा अझै ताजा छ। उक्त सहायताका निम्ति हामी औधी आभारी छौं।

नेपाल र चीनबीचको दौत्य सम्बन्ध स्थापना भएको सन् १९५५ भए पनि मानवीय सम्बन्ध त्योभन्दा धेरै अघिदेखि कायम थियो र निरन्तर मजबुत हुँदै गइरहेको छ । यो अभूतपूर्व घडीमा, नेपाली नागरिकका तर्फबाट, हामी चीन सरकार र चिनियाँ नागरिकलाई पुनः एक पटक नेपालको भयावह स्वास्थ्य अवस्था सुधारका निम्ति आफ्ना सहयोगी हात अघि सार्न विनम्र अनुरोध गर्दछौं ।

यो महामारीको एक मात्र समाधान भनेको खोप वितरण मात्रै हो भन्ने हामीले बुझिसकेका छौं । हालसम्म यहाँका जम्मा एक प्रतिशत जनसंख्याले पूर्ण–खोप (दुवै डोज) लगाउन पाएको हुँदा नेपाल संकटपूर्ण अवस्थामा रहेको छ । हामीले यो लेखिरहँदा, चीन सरकारले अनुदानमा दिएको भेरोसेल खोप– कुल ८ लाख डोज– को पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा लगाउन नेपाल सरकारले मिति तय गरेको छ । यसले थोरै भए पनि आशा सञ्चार गरेको छ तर यो पर्याप्त छैन । थप खोप उपलब्ध गराएर नेपाललाई सहयोग गर्न हामी चिनियाँ सरकारलाई अपिल गर्छौं ताकि खोप अभावमा थप मानवीय क्षति रोक्न सकियोस् ।

अक्सिजनको विकराल अभावका कारण हाम्रा स्वास्थ्य संस्थाको सेवा प्रवाहमा अवरोध भएको छ । नेपाल सरकारले दोस्रो लहर कम गर्न अहिले तुरुन्त ५० हजार अक्सिजन सिलिन्डर आवश्यक रहेको बताएको छ । चीनले २० हजार सिलिन्डर र अन्य स्वास्थ्य सामग्री पठाउने कुराले हामीलाई सहयोग गर्न चाहने यहाँहरूको उदार भावना अभिव्यक्त भइसकेको छ । यो सहायतालाइ छरितो ढुवानीमार्फत् थप बढाउँदै  अक्सिसन प्लान्ट,  अक्सिजन कन्सन्ट्रेटर्स र देशभर अक्सिजन वितरणका लागि आवश्यक अन्य सहायता उपलब्ध गराउन हामी अनुरोध गर्दछौं।

संक्रमित संख्या बढ्दै गएकाले भाइरससँग लड्नलाई हामीसँग आधारभूत आवश्यकतासमेत अभाव हुन थालेको छ । यस्तो अवस्थामा, हाम्रा स्वास्थ्यकर्मीले सुरिक्षत रूपमा संक्रमितलाई आधारभूत सेवा दिन सक्ने गरी पीपीई, टेस्टिङ किट, मास्क र अन्य स्वास्थ्य उपकरण प्रदान गरेर हामीलाई सहायता गर्न हामी अपिल गर्दछौं ।

यो भयानक भाइरसलाई सफलतापूर्वक नियन्त्रणमा ल्याउन सक्ने हुने विश्वकै पहिलो मुलुकका रूपमा यहाँको अनुभव र स्रोत महत्वपूर्ण रहँदै आएको छ । यस्तोमा, महामारीसँग जुँध्न फिल्डमा खटिएका हाम्रा फ्रन्टलाइन वर्करलाई सहयोग गर्न यहाँले पठाउने कुनै पनि प्रकारका आपत्कालिन स्वास्थ्य समूहको हामी सराहना गर्नेछौं ।

यो जटिल परिस्थितिमा हाम्रा छिमेकी र मित्रहरूले प्रदान गर्ने सहृदयी सहायताको आशा गर्नुबाहेक हामीसँग अहिले अन्य विकल्प छैन । तसर्थ, हामी हाम्रो अपिल आफ्नो सरकारसम्म पुर्‍याइदिन र चीनले नेपाललाई प्रदान गर्ने सम्पूर्ण सहायताको रफ्तार बढाउन महामहिम राजदूत होउ यान्छीलाई विनम्र अनुरोध गर्दछौं ।

जागरुक नागरिकहरूः

१. प्रो. डा. हेमराज पन्त, शिक्षाविद्

२. जगन्नाथ लामिछाने, अभियन्ता

३. प्रेम सापकोटा, अभियन्ता

४. मनोमोहन स्वार, पत्रकार, कैलाली

५. वरिष्ठ अधिवक्ता रमेशदेब भट्ट, कन्चनपुर

६. बसन्ती चौधरी, अधिकारकर्मी, कैलाली

७. अधिवक्ता अजय शंकर झा, पिडिएसन, काठमाडौं ।

८. प्रदिप परियार, कार्यकारी निर्देशक, समता फाउन्डेसन ।

९. खगेन्द्र लामिछाने, लेखक÷कलाकार

१०. भक्त विश्वकर्मा, कार्यवाहक अध्यक्ष, दलित गैह्रसरकारी महासंघ

११. सुमन अधिकारी, कार्यकारी निर्देशक, नेपाल बहिरा महासंघ

१२. दीपज्योति श्रेष्ठ, युवा अभियन्ता

१३. रेम वि.क., कार्यकारी निर्देशक, जागरण मिडिया

१४. यमलाल लोहोनी, अध्यक्ष, रुपन्देही ब्यापार संघ

१५.जानकी घिमिरे अर्याल, लुम्बिनी प्रदेश अध्यक्ष, मानब अधिकारका लागि एकल महिला समुह

१६. जोग बहादुर खत्री, अध्यक्ष उच्च अदालत बार, बुटवल

१७. सिकेन्द्र पसवान, आधिकारकर्मि, बारा

१८. फुलमहमद मिया, नागरिक अगुवा, पर्सा

१९. राजेश कर्ण, पत्रकार, जनकपुरधाम

२०. शारदा चन्द, सामाजिक अभियन्ता, कंचनपुर

२१. रमेश राई, नागरिक अभियन्ता, इलाम

२२. चक्रराज दाहाल, उप–प्राध्यापक, महेन्द्र बहुमुखी क्याम्पस, धरान

२३. गोविन्दराज गौतम, उपाध्यक्ष, राष्ट्रिय उपभोक्ता मञ्च, बाग्लुङ

२४. टुक बहादुर थापा, अधिवक्ता, कपिलबस्तु जिल्ला बार इकाई, तौलिहवा

२५. बिष्णु बराल, संयोजक, शान्तिको लागि नागरिक समाजको संजाल, गण्डकी प्रदेश

२६. गीरधारी सुवेदी, सयपत्री समाज, पोखरा

२७. थानबहादुर क्षेत्री, सह प्राध्यापक त्रिभुवन विश्वविद्यालय

२८.निर श्रेष्ठ, अपाङ्गता अधिकारकर्मी

२९. लोकेन्द्र सिटौला, उप प्राध्यापक, तेह्रथुम बहुमुखी क्याम्पस, तेह्रथुम

३०. डा.अर्जुन आयडी, सह प्राध्यापक, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेत

३१. अमृत कुमार भण्डारी, स्याङजा

३२. शुभ कायस्थ, नागरिक अभियन्ता, भक्तपुर

३३. रुकमणि महर्जन, अधिबक्ता, काठमाण्डौ

३४. डा. बुद्ध बहादुर थापा, अध्यक्ष नेपाल प्राध्यापक संघ केन्द्रिय समिती

३५. भवानी प्रसाद पाण्डे, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य

३६. गुन्जा राई, महिला अधिकारकर्मी, जनकपुर

३७. कैलाश दाश, प्रदेश अध्यक्ष, नेपाल राष्ट्रिय दलित पत्रकार संघ, जनकपुर

३८. जयकांत गोइत, पूर्व शिक्षक, सप्तरी

३९. भोला पासवान, अधिकारकर्मी, सप्तरी

४०. स्वागतराज पाण्डे, नागरिक अभियन्ता, काठमाडौं

४१. सामसन कार्की, फिल्म मेकर

४२ प्रविन केसी, बिद्यार्थी

४३. दिपक आचार्य, ब्यबसाही

४४. सोम निरौला, मानव अधिकारकर्मी, काठमाडौं

४५. शिवनाथ यादव, युवा अभियन्ता, बिरगंज

४६. दावा ल्ह्यामु शेर्पा, युवा मानसिक स्वास्थ्य अभियन्ता

४७. सुरज रे, बिद्यार्थी÷अभियन्ता

४८. रिचा पालिखे, अभियन्ता÷ब्यबसाही

४९. एनी, अभियन्ता

५०. सौगात वाग्ले, अपांगता अधिकारकर्मी

५१. उमिद बागचन्द, पत्रकार, कैलाली

५२. आनन्द मिश्र, अभियन्ता

५३. डा. प्रकाश भट्टराई, कार्यकारी निर्देशक, सेन्टर फर सोसियल चेन्ज (सिएससि)

५४.शेनाज बानु, नागरिक अभियन्ता, काठमाण्डौ

५५. अधिवक्ता इन्दु तुलाधर, काठमाडौं

५६. सुष्मा बराली, पत्रकार

५७. संगम शेर्पा, व्यावसाही

५८. गोविन्द परियार, पत्रकार

५९. बसन्त चिप्पा, अभियन्ता

६०. भुवन केसी, व्यावसाही

६१. अधिवक्ता कृष्ण प्रसाद तिमिल्सना, पोखरा

६२. नितु पोखरेल, महिला अधिकारकर्मी

६३. किरण कौशल, पत्रकार, पाल्पा

६४. रोमस खतिवडा, अभियन्ता

६५. नबिन सिलवाल, अभियन्ता

६६. समर क्षेत्री, लेक्चर डिपार्टमेन्ट अफ पपुलेसन स्टडिज

६७. प्रमिला तेज्या, महिला अभियान्ता, पोखरा

६८. प्रकाश श्रेष्ठ, अभियन्ता

६९. बसन्त जोशी, अभियन्ता

७०. अस्मिता डाँगी, अभियन्ता

७१. निशु केसी, अभियन्ता

७२. निराजन पौडेल, अभियन्ता

७३. तुसार न्यौपाने, अभियन्ता

७४. विजया राई श्रेष्ठ, कार्यकारी निर्देशक, अम्कास नेपाल

७५. अधिवक्ता अनिता थपलिया, कार्यकारी अध्यक्ष, एलएएसि नेपाल

७६. केशब बादी (नेपाली), अध्यक्ष, नेसनल बादी नेटवर्क, नेपालगंज, बाँके

७७. जितराम लामा, अध्यक्ष, गैरसरकारी महासंघ नेपाल

७८. अर्जुन भट्टराई, संयोजक, एनएसडीएफ

७९. पुरुषोत्तम बिष्ट, एनईडीआई

८०. भुवन केसी, अभियन्ता

८१. इतिशा गिरी, लेखक÷पोडकास्टर, काठमाण्डौ

८२. अवसना पाण्डे, पत्रकार

८३. अमुदा मिश्र, अधिकारकर्मी

मिति: बैशाख २९, २०७८

Related News

सम्बन्धित समाचार

hero news full width