फाइल तस्बिर
पोखरा । गण्डकी प्रदेश मुख्यमन्त्रीमा एमालेका पृथ्वीसुब्बा गुरुङले सपथ खाएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को ३ बमोजिम नियुक्त गरी बुधबार साँझ आफ्नै निवासमा उनलाई सपथ खुवाएकी हुन् । अहिले निवास वरपर कडा सुरक्षा व्यवस्था गरिएकाे छ ।
मुख्यमन्त्री अहिले कोभिड संक्रमित भएका कारण सपथग्रहणमा निकै कम मात्रलाई बस्न दिइएको छ । पत्रकार सबै गेटबाहिर उभिएका छन् ।
गण्डकी प्रदेशमा सरकार गठनका लागि कांग्रेससहितको गठबन्धनले गरेको दाबीका बाबजुद ठूलो दलको हैसियतले पृथ्वीसुब्बा गुरुङले अवसर पाएका हुन् ।
गठबन्धनबाट कांग्रेसका कृष्णचन्द्र नेपालीले बुधबार दाबी निवेदन पेस गरेका थिए । ४ दलको समर्थन भनिए पनि बहुमत सांसदको हस्ताक्षर भने थिएन । विश्वासको मत लिने बेलामा बहुमत पु¥याउने दाबीका साथ गठबन्धनले निवेदन दिएको थियो ।
मुख्यमन्त्रीबाट गुरुङले वैशाख २६ गते राजीनामा दिएपछि प्रदेश प्रमुखलले बहुमतको सरकार गठनका लागि ३ दिनको समय दिएकी थिइन् ।
मुख्यमन्त्रीमा सपथ खाएपछि गुरुङले फेरि एक महिनाभित्रमा विश्वासको मत लिनु पर्नेछ । जुन उनका लागि अहिले कठीन देखिएको छ ।
Related News
सम्बन्धित समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
जरोटुप्पोमा सम जयन्ती र सम्मान
‘शैक्षिक क्षेत्रबाट प्रहरी कार्यालय हटाऊ’
सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने
नमस्ते हस्पिटल १३ औं वर्षमा
hero news full width
मुख्य समाचार
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१