पोखरा । संवैधानिक परिषद्ले संवैधानिक निकायमा २० जना पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेको छ। परिषद्को आइतबार बसेको बैठकले ११ वटा संवैधानिक आयोगमा रिक्त रहेका २० पदका लागि नियुक्ति सिफारिस गरेको हो।
संवैधानिक परिषद्ले सिफारिस गरेका यी पदाधिकारीको नाम अब संसदीय सुनुवाइका लागि संघीय संसद्को सुनुवाइ समितिमा पठाउनुपर्नेछ। समितिले सुनुवाइ गरी अस्वीकृत नभएमा राष्ट्रपतिले उनीहरूलाई नियुक्त गर्ने छिन्।
प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नभएपछि प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित बैठकले रिक्त संवैधानिक निकायहरूमा नियुक्तिको सिफारिस गरेको हो।
सिफारिसमा परेकाको नामावली
लोक सेवा आयोग
अध्यक्षः माधवप्रसाद रेग्मी
सदस्यः माधव बेलबासे (कपिलवस्तु)
वीरबहादुर राई (इलाम)
दिनेश सिलवाल (ललितपुर)
मन्जु कुमारी (महोत्तरी)
अख्तियार दुरुपयोग अनसन्धान आयोग
आयुक्तः डा। हरि पौडेल (बागलुङ)
आयुक्तः सुमित्रा अमात्य (ललितपुर)
निर्वाचन आयोग
आयुक्तः सगुनशमसेर जबरा (रुपन्देही)
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
सदस्यः विपिनराज निरौला (पाँचथर)
सुधा कुमारी झा (धनुषा)
महिला आयोग
सदस्यः जया घिमिरे (धनुषा)
सदस्यः सावित्राकुमारी शर्मा (पर्वत)
दलित आयोग
सदस्यः सुन्दर पुर्कोटी (काठमाडौं)
राष्ट्रिय समावेशी आयोग
अध्यक्षः डा रामकृष्ण तिमिल्सिना (कास्की)
सदस्यः पुष्पराज तिमिल्सिना (पर्वत)
सदस्यः मानप्रसाद खत्री (बझाङ)
आदिवासी जनजाति आयोग
सदस्यः सूर्यवहादुर गुरुङ (खोटाङ)
मधेशी आयोग
सदस्यः आभा कुमारी (सप्तरी)
थारु आयोग
सदस्यः डा।उमाशंकर चौधरी (नवलपरासी पश्चिम)
मुस्लिम आयोग
सदस्यः मोहम्मद समसुल हक (सर्लाही )
Related News
सम्बन्धित समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
आहारारामा को होला च्याम्पियन ?
hero news full width
मुख्य समाचार
सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१पुराना रुख काट्नेलाई कारबाहीको माग
फागुन १, २०८१पाँचपल्टको विजेता थ्रि स्टारलाई रोक्दै ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१कर्मयोगी भक्तराज सम्मानित
फागुन १, २०८१