पोखरामा रोटरी क्लबको अक्सिजन बैंक

आदर्श समाज सम्वाददाता
वैशाख २७, २०७८
rotary

पोखरा । कोरोना महामारीमा संक्रमितको उपचारमा सहयोग पु¥याउन पोखराका ७ रोटरी क्लबले अक्सिजन बैंक स्थापना गरेका छन् । गण्डकी अटो मेकानिकल वर्कसप एसोसिएसनको सहकार्यमा स्थापित अक्सिजन बैंकमा अक्सिजन ग्यास सिलिन्डर संकलन गरिने र पोखराका अस्पतालमा उपलब्ध गराइने छ ।

कार्यक्रम संयोजक मीनु कुँवर श्रेष्ठको अध्यक्षतामा आइतबारको बैठकले सो निर्णय गरेको हो । सोको लागि रोटरी क्लब अफ पोखरा लेकसाइडका अध्यक्ष अर्जुनप्रसाद खनाललाई अक्सिजन ग्यास संकलन तथा व्यवस्थापन समिति एवं प्रचार संयोजक संयोजक तोकिएको छ ।

खनालका अनुसार विभिन्न व्यक्ति तथा कम्पनीका अक्सिजन ग्यास सिलिन्डर आइतबार देखि नै संकलन गर्न थालिएको छ ।

उनले भने, ‘अक्सिजन अभावले कसैले पनि मृत्युवरण गर्न नपरोस् भनी अभियान सुरु गरेका छौं । यदि कसैसँग सिलिन्डर छ भने पछि फिर्ता गर्ने शर्तमा उपलब्ध गराउन र अभियानमा साथ दिनु सक्नुहुनेछ ।’

पोखराका ७ रोटरीमध्ये रोटरी क्लब अफ पोखरा, रोटरी लेकसाइड, न्यूरोड, अन्नपूर्ण, फिस्टेल, मिटटाउन र लेखनाथ उक्त अभियानमा जुटेका हुन् । सोको अर्थ नियन्त्रण संयोजकमा पशुपति शर्मा, अर्थ संकलन समिति संयोजकमा रमेश कोइराला, अक्सिजन ग्यास सिलिण्डर संकलन तथा व्यवस्थापन एवं प्रचार संयोजकमा अर्जुनप्रसाद खनाल, सहयोग सामग्री संकलन तथा वितरण संयोजकमा जितेन्द्र सिग्देल छन्।

Related News

सम्बन्धित समाचार

  • जरोटुप्पोमा सम जयन्ती र सम्मान

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाट्यसम्राट बालकृष्ण सम जयन्ती विविध कार्यक्रमका साथ मनाएको छ । संस्थाले सोही समारोहबीच…
  • सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । धार्मिक पर्यटन क्षेत्रको रुपमा परिचित सराङकोटमा श्रीमद्भागवत ज्ञानमहायज्ञ एवं धार्मिक पर्यटन महोत्सव तयारी तीव्र पारिएको छ । सराङकोटलाई…
  • कोटीहोम गोलचक्करमा पोखरा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । सयौं वर्ष पुराना चौतारा र रुख मासेर कोटीहोम महायज्ञका लागि दाउरा बटुलेपछि मानव सेवा फाउण्डेसन र त्यसका संस्थापक…
  • ‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । कवि प्रदीप खनाल आफ्नो पहिलो कवितासंग्रह ‘अनन्त यात्रा’ लिएर पाठकमाझ आएका छन् । उनको कृतिको शनिबार पोखरामा आयोजित…
  • पोखरा वडा २७ को आफ्नै भवन

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    लेखनाथ । पोखरा महानगरपालिका वडा २७ को भवन उद्घाटन गरिएको छ । साविक लेखनाथ नगरपालिका कार्यालय परिसरको जग्गामा नवनिर्मित वडा…

hero news full width