संघका २५ सांसदमा कोरोना संक्रमण, कसरी चल्ने होला संसद बैठक ?

आदर्श समाज सम्वाददाता
वैशाख २४, २०७८
pm kp oli pcr

प्रधानमन्त्री केपी शर्मा ओलीको पिसिआरका लागि शुक्रबार स्वाब संकलन गरिँदै । तस्बिर: राजन काफ्ले

पोखरा । कोरोना संक्रमित हुने सांसदको संख्या २५ पुगेको छ। प्रतिनिधिसभाको २७ गते बस्ने विशेष अधिवेशनका लागि बुधबार गरिएको स्वाव संकलन पछि गरिएको परिक्षणबाट १४ जना सांसद संक्रमित भएका हुन्।

यसअघि नै संक्रमित भएर ११ जना सांसद घरमै आइसोलेसन तथा अस्पतालमा उपचार गराइ रहेका छन्। सचिवालय स्रोतका बुधबार संसद भवन पुगेर स्वाव दिने ६१३ जनामध्ये ६५ जनामा संक्रमण देखिएको हो।

जसमध्ये १४ जना सांसद हुन्। बाँकी ५१ जनामा कर्मचारी र पत्रकारको संख्या उल्लेख्य रहेको छ। जसमा केही सुरक्षाकर्मीसमेत परेका छन्।

१४ मध्ये एमालेका ८, कांग्रेसका २ र जसपाका ४ जना छन्।

ठूलो संख्यामा कोरोना संक्रमण देखिएसँगै संसद नै कोरोना संक्रमणको हट स्पट बन्ने भएको छ।

विहीबार पनि सांसदसहित ५२५ जनाले स्वाव दिएका थिए। जसमध्ये ६७ जना सांसदले थिए। जसमध्ये दिउँसो ३ः३० बजेसम्म केहीको मात्र रिपोर्ट आएको छ।

दोस्रो दिन स्वाव दिएकाहरु पनि उल्लेख्य संख्यामा संक्रमित भएको सचिवालयले जानकारी दियो। शुक्रबार पनि दश जना सांसद सहित १०० जनाले बानेश्वर पुगेर स्वास दिएका छन्।

२७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिन चाहेको अवस्थामा संक्रमित सांसदले कसरी मतदान गर्ने भन्ने विषयमा सचिवालयले गृहकार्य गरिरहेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै