कोभिड –१९ का कारण  पण्डितको पिरलो   

आदर्श समाज सम्वाददाता
वैशाख २४, २०७८
Pujari-Priest

पोखरा । कोभिड –१९ का कारण जारी निधेषाज्ञाले हिन्दू धर्म संस्कारअनुसार गरिने सांस्कारिक कर्म प्रभावित भएका छन् । स्वास्थ्य सतर्कतासहित कर्म गर्ने वातावरण मिलाइदिन संस्कृति युवा मञ्च नेपालले प्रशासनसमक्ष आग्रह गरेको छ ।

मञ्चका अध्यक्ष हरिशरण पौडेलले हिन्दू धर्मसंस्कारअनुसार जन्मदेखि मृत्युपर्यन्त गरिने १६ संस्कारका लागि ब्राह्मण, पुरोहितको आवश्यकता हुने भएकाले स्वास्थ्य सतर्कतासहित कर्म गर्ने सहज वातावरण मिलाइदिन प्रशासनसमक्ष आग्रह गरिएको बताउनुभयो । पौडेलले भन्नुभयो, “हिन्दू धर्मसंस्कारअनुसार गरिने कर्मका लागि ब्राह्मणको आवश्यकता पर्छ तर जारी निषेधाज्ञाले सम्बन्धित कर्म गर्न र गराउनबाट ब्राह्मणहरु वञ्चित छन् ।” उहाँले स्वास्थ्य सतर्कता अपनाएर पण्डितहरुलाई सांस्कारिक कर्म गर्ने पाउने वातावरण बनाइदिन प्रशासनमा ज्ञापनपत्र बुझाइएको बताउनुभयो ।

“पत्रकार स्वास्थ्यकर्मीलगायत अन्यले जसरी स्वास्थ्य सतर्कतासहित आफ्नो कर्म गरेका छन्, त्यसरी नै ब्राह्मणहरुले पनि आफ्नो सांस्कारिक कर्म गर्न पाउनुपर्छ भन्ने हाम्रो माग हो ।” उहाँले यस्तै कारणले धर्मसंस्कार र संस्कृतिलाई बेवास्ता गर्दै गए सबै लोप हुँदै जाने भन्दै चिन्तासमेत व्यक्त गर्नुभयो ।

मञ्चका सचिव विश्वराज सापकोटाले अग्रपंक्तिमा रहेर सांस्कारिक कर्ममा जुट्दा कोभिड –१९ को जोखिम पनि उत्तिकै रहने अवस्थालाई दृष्टिगत गरेर खोपको व्यवस्था गर्न पनि मञ्चले प्रजिअसमक्ष आग्रह गरेको जानकारी दिनुभयो ।

विश्व हिन्दू महासंघका अध्यक्ष पार्वती पौडेलले वर्तमान अवस्थाका कारण हिन्दू धर्मसंस्कारअनुसार गरिने विधि हुन नपाएको गुनासो गर्नुभयो । “अहिलेको कठिन अवस्थामा हाम्रा धर्म संस्कारहरु पनि मासिँदै छन् । स्वास्थ्य पहिलो प्राथमिकता हो, सँगसँगै स्वास्थ्य सतर्कतासहित गर्न मिल्ने सांस्कारिक कर्म गर्न प्रशासनले रोक्नुहुँदैन ।” उहाँले हिन्दू धर्ममा १६ संस्कार गर्ने चलन रहेकामा कोरोना भाइरसका कारण यस्ता कर्मबाट वञ्चित हुनुपरेको सुनाउनुभयो । परम्परागत सांस्कृतिक कर्म नहुँदा मनोसामाजिक अवस्थामा पनि असर पर्दै गएकाले यसतर्फ सोच्नुपर्ने तथा कोरोनाका कारण मृत्यु भएपछि शव गाड्नेभन्दा पनि जलाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।  रासस

Related News

सम्बन्धित समाचार

  • कुमारी ब्युटीका प्रडक्टको स्टोर सुरु

    आदर्श समाज सम्वाददाता माघ ५, २०८१
    पोखरा । मेकअप आर्टिस्ट शोभा भट्टराईले क्यानाडाबाट उत्पादन सुरु गरेको नेपाली ब्राण्ड कुमारी ब्युटीका प्रडक्टको प्रमुख स्टोर पोखरामा सुरु भएको…
  • ‘आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको’

    आदर्श समाज सम्वाददाता मंसिर ६, २०८१
    पोखरा । हाम्रो समाजमा एउटा उक्ति छ, ‘आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको ।’ ज्येष्ठ नागरिक अनुभवका खानी हुन् ।…
  • सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल

    रासस असाेज २१, २०८१
    काठमाडौं । बडादसैँ मनाउन जन्मस्थान जान काठमाडौँ उपत्यका छाड्नेको संख्या दिनहुँ बढ्दै गइरहेका छन् । अहिले लामो दूरीका सार्वजानिक यातायात…
  • लमजुङमा पहिरोमा बेपत्ता वृद्धको शव भेटियो

    आदर्श समाज सम्वाददाता असार १२, २०८१
    लमजुङ।  लमजुङको क्व्होंलासोथर गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चारमध्ये एकजनाको शव फेला परेको छ । तीनजना अझै बेपत्ता…
  • ‘नालामा जस्तै पानी बग्छ सडकमा’

    आदर्श समाज सम्वाददाता असार ९, २०८१
    पोखरा । पोखरा महानगरपालिका–८ का नवराज बरालले वडा क्षेत्रको सडकमा नाला बन्द हुँदा वर्षात्को समयमा बाटो हिँड्न कठिन भएको गुनासो…

hero news full width